संसद् विघटनको विरोधमा उत्रन कांग्रेसको आह्वान

अन‌ि यो पनि

भरतपुर । नेपाली कांग्रेस, शुभेच्छुक संघसंस्था समन्वय समिति चितवनले संसद् विघटनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

भर्चुअल बैठकमार्फत वर्तमान राजनीतिक परिदृश्यमा देखिएका घटनाहरुप्रति ध्यानाकर्षण भएको जनाएको छ । समन्वय समितिका संयोजक शालिग्राम शर्माद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कार्यको विरोध जनाउन नागरिकहरुलाई आह्वानसमेत गरिएको छ । संसद्मा विश्वासको मत गुमाइसकेका ओलीलाई पुनः चुनावी प्रधानमन्त्री बनाउने मनसायले संसद् विघटन गरिएको आरोपसमेत लगाइएको छ ।

भर्चुअल बैठकमा जिल्लास्तरका १४ संस्थाहरु सहभागी थिए । नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, प्रजातान्त्रिक विचार समाज, डेमोक्रेटिक प्रोफेसर्स एसोसिएसन, विपी चिन्तन प्रतिष्ठान, डेमोक्रेटिक लयर्स एशोसिएसन, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल प्रेस युनियनलगायतका शुभेच्छुक संस्थाहरु बैठकमा सहभागी थिए ।

नेपाली जनताको स्वामित्व रहेको संवैधानिक संरचनालाई ध्वस्त पार्ने असंवैधानिक कार्यको उपचार खोजिरहेका राजनीतिक दलहरुको समर्थन गर्नसमेत समस्त दाजुभाइ दिदीबहिनीहरुमा आग्रह गरिएको छ ।

प्रतिकृया

मुख्य समाचार

रोटरीद्वारा बाढी पहिरो पीडितलाई खाद्यान्न तथा भाँडावर्तन सहयोग

चितवन ११ असार । चितवन रोटरी क्लबले लमजुङका बाढी पहिरो पीडि़तलाई खाद्यान्न र भाँडावर्तन सहयोग गरेको छ। क्लबले गत...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया