इन्टर्‍याक्ट क्लब अफ वाल्मीकिद्वारा खाद्यान्न सहयोग

अन‌ि यो पनि

भरतपुर । इन्टर्‍याक्ट क्लब अफ वाल्मीकिले नमुना टोलमा रहेका ४१ घरपरिवारका करिब १८८ जनालाई खाद्यान्न सहयोग गरेको छ ।
मिसन फर सरभाइवल कार्यक्रमअन्तर्गत फिद द हंग्री नेपाल नामक संस्थाको सहयोगमा उक्त संस्थाका प्रतिनिधि सावित्री पौडेलको उपस्थितिमा खाद्यान्न सहयोग उपलब्ध गराएको हो ।

प्रतिपरिवार १५ केजी चामल, दुई केजी दाल, नुन एक पोका, छ थान सेनिटरी प्याड, एक थान सेनिटाइजर र मास्क वितरण गरिएको इन्टर्‍याक्ट क्लब अफ वाल्मीकिका अध्यक्ष अमृत ढकालले बताए ।

कोरोनाको फैलँदो महामारी एवं निषेधाज्ञाका कारण पिल्सिरहेका जनताले भोकै बस्न नपरोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको र छिट्टै अन्य ५० घरपरिवारको लागि थप खाद्यान्न सहयोग गर्ने अध्यक्ष ढकालले जानकारी दिए ।

नारायणगढ रोटरी क्लबले चार वर्षअगाडि भरतपुरमा अवस्थित वाल्मीकि शिक्षा सदन विद्यालयमा इन्टर्‍याक्ट क्लबको स्थापना गरेको थियो ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया