भर्ना भएका ३९२ मध्ये ६१ जना भेन्टिलेटरमा

अन‌ि यो पनि

चितवन १५ जेठ । चितवनका अस्पतालमा ३९२ जनाको उपचार भइरहेको छ। भेन्टिलेटरमा ६१ जना, आयसियूमा १९० जना, एचडियूमा ४३ जना र जनरल वार्डमा १५४ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। अस्पताल भर्ना भएकामध्ये ११६ जना भरतपुर अस्पतालमा, ११० जना चितवन मेडिकल कलेजमा, ६४ जना पुरानो मेडिकल कलेजमा, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ४३ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

यस्तै जिल्लाका निजी अस्पतालहरुमा २८ जना, भरतपुर महानगरपालिकाको आइसोलेसन केन्द्रमा आठ जना, माडी नगरपालिकाको आसोलेसन केन्द्रमा १० जना छन् भने रत्ननगर नगरपालिकाको आइसोलेसन केन्द्रमा दुईजना, कालिका र खैरहनी नगरपालिकामा तीन/तीन जना र इच्छाकामना गाउँपालिकामा पाँच जनाको उपचार भइरहेको छ।

तीनजनाको मृत्यु

चितवनका अस्पतालमा शनिबार तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ। चितवम मेडिकल कलेजमा रौतहट  र रुपन्देहीका एक/एकजना र वीपी कोइराला मेमोरिल क्यासर अस्पतालमा तनहुँका एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

३५ जना घर गए

चितवनका अस्पतालबाट शनिबार ३५ जना संक्रमणमुक्त भएका छन्। भरतपुर अस्पतालबाट ११ जना र चितवन मेडिकल कलेजबाट ११/११ जना, पुरानो मेडिकल कलेजबाट ९ जना, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा तीनजना र भरतपुर महानगरपालिकाबाट एकजना घर गएका हुन्।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया