चितवनमा कोरोना : २४ घण्टामा १०७ संक्रमित थपिए

अन‌ि यो पनि

चितवन १५ जेठ । जिल्लामा शनिबार १०७ जना कोरोना संक्रमित थपिएका छन्। भरतपुर महानगरपालिकाका ८२ जना, खैरहनी नगरपालिकाका तीनजना, माडी नगरपालिकाका पाँच जना, रत्ननगर नगरपालिकाका ९ जना, राप्ती नगरपालिकाका पाँच जना र कालिका नगरपालिकाका तीनजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। यो तथ्यांक गत २४ घण्टाको हो।

शनिबार थपिएका संक्रमितसँगै चितवनमा कोरोना संक्रमितको कुल संख्या १३ हजार ४७१ पुगेकाो छ। तीमध्ये चार हजार ९०३ जना विभिन्न आइसोलेसनमा छन्। जसमा १६ जना पब्लिक आइसोलेसनमा, १६७ जना अस्पतालको आइसोलेसनमा र बाँकी चार हजार ७२० जना होम आइसोलेसनमा छन्। हालसम्म कुल संख्यामा २१४ जनाले भने कोरोनाकै कारण ज्यान गुमाएका छन्।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया