कोरोना बिरामी कम भएपछि उपचारमा सहज

अन‌ि यो पनि

चितवन १५ जेठ । कोरोना संक्रमितको संख्या घट्दै गएपछि भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोरोना संक्रमितको उपचार सहज हुँदै गएको छ। केही दिनअघि संक्रमितको चाप बढ्दै जाँदा अक्सिजन पुर्‍याउनै हम्मेहम्मे परेको अस्पतालमा संक्रमितको संख्या घट्दै गएपछि उपचारमा सहज हुँदै गएको हो। विशेष गरी अक्सिजन दिनुपर्ने खालका संक्रमितको संख्या घट्दै जाँदा भर्ना भएका संक्रमितको उपचारमा कुनै समस्या नरहेको अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माले जानकारी दिए।

उनका अनुसार बीचमा तीन दिनजति अक्सिजन पुर्‍याउन हम्मेहम्मे परेको थियो। ‘त्यतिबेला बिरामीको संख्या पनि ६५ जनासम्म पुगेको थियो, अहिले घटेर ४० जनामा झरेको छ,’ उनले भने, ‘बिरामीको संख्या नै कम भएपछि उपचारको लागि प्रयोग हुने स्रोतसाधनमा समस्या छैन।’ हाल क्यान्सर अस्पतालमा दुईसय सिलिन्डर रहेको उनले बताए। बिरामीको चाप बढी भएकै समयमा सिलिन्डर कम हुँदा अक्सिजन पुर्‍याउनै समस्या परेको उनले बताए।

अहिले बुटवल, हेटौँडालगायतका जिल्लाबाट संक्रमित आउने क्रम पनि बिस्तारै घट्दै गएकोले बिरामीको संख्यामा कमी आएको उनको भनाइ छ। बाहिरी जिल्लाबाट आउने बिरामीले अस्पतालमा ठाउँ नपाउँदा क्यान्सर आइपुगे पनि हाल केही कम हुँदै गएको उनले बताए।

प्रतिकृया

मुख्य समाचार

निषेधाज्ञाको असर : चितवनका दुग्ध किसानलाई डेढ महिनामा ११ करोड ७ लाख घाटा

चितवन ११ असार । चितवनमा दोस्रो लहरको कोरोना भाइरसको जोखिमसँग गरिएको निषेधाज्ञाका कारण यहाँका किसानले ११ करोड भन्दा बढीको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया