भारी वर्षा हुने भएकोले सतर्क रहन मौसम विभागको आग्रह

अन‌ि यो पनि

चितवन १५ जेठ । जल तथा मौसम विज्ञान विभागले नारायणी नदी आसपासका क्षेत्रमा भारी वर्षा हुने हुँदा त्यस क्षेत्र आसपास बसोबास गर्ने सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। विशेष गरी गैँडाकोट, डन्डा, डेढगाउँ, कुमालगाउँ, बर्दघाटलगायतका क्षेत्रमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको हुँदा त्यस क्षेत्रका सर्वसाधारण बढी सतर्क भएर बस्नुपर्ने विभागले जनाएको छ।

गएको २४ घण्टामा कुमालगाउँमा १४४ दशमलव २ मिलिमिटर, डण्डा क्षेत्रमा १५६ दशमलव ८ मिलिमिटर, गैँडाकोट क्षेत्रमा १५८ दशमलव २ मिलिमिटर, डेढगाउँ क्षेत्रमा १६३ दशमलव ६ मिलिमिटर र बर्दघाट क्षेत्रमा १६१ दशमलव ८ मिलिमिटर पानी परेको थियो। यस्तै अरुणखोला क्षेत्रमा पनि १६१ दशमलव ८ मिलिमिटर पानी परेको थियो। जसकारण यी क्षेत्रमा सचेत रहन आग्रह गरिएको विभागले जनाएको छ।

चितवनको भरतपुर क्षेत्रमा पनि केही दिनदेखि निरन्तर पानी परिरहेकामा शनिबार दिउँसो करिब ११ बजेपछि पानी रोकिएको छ। साँझपख फेरि पानी पर्न सक्ने सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया