भरतपुर कारागारका १४ कैदीलाई आममाफी

अन‌ि यो पनि

चितवन १५ जेठ । गणतन्त्र दिवसको अवसरमा चितवन कारागारमा कैद भुक्तान गरिरहेका १४ कैदीलाई आममाफी दिइएको छ। सरकारले गणतन्त्र दिवसको अवसरमा ५० प्रतिशतभन्दा बढी कैद सजाय भुक्तान गरिसकेका र आचरणमा सुधार आएका कैदीहरुलाई आममाफी दिने गर्छ। कारागारले गरेको सिफारिसका आधारमा १४ कैदीको बाँकी कैद सजाय राष्ट्रपतिले मिनाहा गरेकी हुन्।

कैद मिनाहा पाउनेमा सवारी ज्यान मुद्धाका ८ जना, ज्यान मार्ने उद्योगका ३ जना, चोरीका एक जना, लापरबाही ज्यान मुद्धाका एक जना र कर्तव्य ज्यान मुद्धाका एक जना कैदी रहेको भरतपुर कारागारका प्रमुख जेलर कमलप्रसाद काफ्लेले जानकारी दिए। अब कागारमा तीन आश्रित बालिका र ६६३ जना कैदीबन्दि छन्। जसमध्ये ४९ जना महिला र ६१४ जना पुरुष कैदीबन्दी छन्।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया