नेपालीमा वैदेशिक लयको प्रयोग (सिंहावलोकन)

अन‌ि यो पनि

आमुख
संस्कृति साहित्य शास्त्रीय एवम् नेपाली लोक छन्दभन्दा भिन्न विदेशी छन्दलाई अन्य देशीय छन्दका रुपमा लिइन्छ । यस्ता विदेशी छन्दको उपयोग गरी नेपाली साहित्यका कृतिहरुको रचना गरिएको छ । खासगरी अरबी–फारसी वा ऊर्दू–हिन्दी काव्य साहित्यमा प्रचलित गजल, रूवाई आदि तथा जापानी काव्य साहित्यमा प्रचलित हाइकु, तान्काहरुलाई नै अन्यदेशीय छन्दका रुपमा लिइन्छ । तिनलाई तल संक्षेपमा चर्चा गरिएको छ :
क) गजल
वर्तमानमा कतिपय समालोचकहरुले गजललाई एक स्वतन्त्र साहित्यिक विधाका रुपमा हेर्न थालेको पाइन्छ । अरबी–फारसी, ऊर्दू–हिन्दी तथा नेपाली गजल परम्परामा देखा परेका गजल रचनाहरुको अनुशीलन गर्दाचाहिँ यसलाई छन्दको एउटा भेदका रुपमा मात्र हेर्ने गरिएको देखिन्छ ।
गजल शब्दको व्युत्पादन विभिन्न प्रकारले गरिएको पाइए पनि ‘ग+ज+अल’को यौगिक प्रक्रियाबाट यस शब्दको व्युत्पादन भएको हो भन्ने तथ्य ज्यादा सान्दर्भिक देखिन्छ । यस व्युत्पादनअनुसार ‘ग’ को अर्थ वाणी, ‘ज’ को अर्थ नारी र ‘अल’ को अर्थ ‘सँग’ भन्ने हुन्छ, अर्थात् गजलको शाब्दिक अर्थ नारी वा प्रेमिकासँगको कुराकानी, स्त्रीको वाणी, प्रणयवार्ता, प्रेमिकाका विषयमा कुराकानी वा प्रेमको भावना व्यक्त गर्नु आदि हुन्छ ।
डा. घनश्याम परिश्रमीका अनुसार बुद्धिभन्दा बढी हृदय पोखिएको शब्दको मितव्ययिता, गेयता, भावको तीव्रता, शैलीको चमत्कारपूर्णता, सूक्तिमयता र आकृति सौष्ठव तथा गौरवपूर्ण अर्थको सहज व्यापकताले युक्त कुनै न कुनै एउटा बहरमा आद्यन्त आबद्ध, शुद्ध र सन्तुलित काफिया, रदिफ आदिले सुसज्जित, वजन भङ्ग नभएका र स्वतन्त्र अस्तित्व भएका प्रभावकारी शेरहरुको समष्टि रुप गजल हो । मूलतः गजलको स्वरुपलाई निम्नलिखित रुपमा चिनाउन सकिन्छ :
क) गजल एक स्वतन्त्र र सशक्त काव्य विधा हो ।
ख) यसको पहिलो शेरलाई मतला र अन्तिम शेरलाई मकता भनिन्छ ।
ग) गजल शेरहरुको मालाबाट बन्ने भएकाले यसलाई शेरहरुको माला पनि भनिन्छ ।
घ) गजलमा दुई मिसरा (पाउ)को एउटा शेर (श्लोक) हुन्छ । यसमध्येको पहिलो मिसरालाई ‘मिसरा ए उला’ र दोस्रोलाई ‘मिसरा ए सानी’ भनिन्छ ।
ङ) पहिलो शेरको रुपमा रहेको मतलामा जुन अन्त्यानुप्रासीयता हुन्छ त्यही अन्त्यानुप्रासीयता अन्य शेरका दोस्रो मिसारहरुमा पनि रहेका हुन्छन् ।
च) अन्तिम शेरका रुपमा रहेका मकतामा गजलकारले तखल्लुस आफ्नो नाम वा उपनामको प्रयोग गर्न सक्दछन् । यस्तो प्रयोग कसैकसैले मात्र गर्ने गरेको पाइन्छ । फेरि यो तखल्लुसको प्रयोग मकताभन्दा माथिल्ला शेरहरुमा गर्ने गरेको पनि देखिन्छ ।
छ) गजलको मतला र हरेक शेरको दोस्रो मिसरामा काफियाको समुचित संयोजन हुनु अनिवार्य मानिन्छ । रदिफको प्रयोग गर्नु उपयुक्त भए पनि यदाकदा यसको प्रयोग नै नगरिएको पनि देखिन्छ ।
१. हरेक मिसराको अन्तिममा आउने शब्द नै रदिफ (अन्त्यानुप्रास) हो । गजलको मतला र प्रत्येक शेरका दोस्रो मिसरामा रदिफको प्रयोग हुन्छ र रदिफका रुपमा एउटै शब्द मतलादेखि मकतासम्म नै दोहो¥याएर राख्ने गरिन्छ ।
२. मतला र हरेक दोस्रो मिसराको रदिफभन्दा पहिले आउने तुकान्त शब्द नै काफिया हो । यसमा अनुप्रास मिल्ने गरी अलग–अलग तुकान्त शब्दको प्रयोग गरिएको हुन्छ ।
३. रदिफको प्रयोग नगरिएमा काफियालाई नै रदिफको ठाउँमा राख्ने गरिन्छ ।
ज) गजलको प्रत्येक पाउ यति नै मात्रा र वर्ण सङ्ख्याको हुनुपर्छ भन्ने सैद्धान्तिक आग्रह नभए पनि एउटा सिङ्गो गजलका सबै मिसराहरु एउटै ढपको हुनु अनिवार्य छ ।
झ) सैद्धान्तिकरुपमा भन्दा गजलमा कम्तीमा ५ शेर र बढीमा एघार शेर हुनु उपयुक्त मानिन्छ, तापनि यो कतिपय गजलहरु तीनदेखि बत्तीस शेरसम्म विस्तारित रहेका पाइन्छन् ।
ञ) यसमा गेयात्मकता उक्तिवैचियभय प्रतीकात्मकता तथा हृदयस्पर्शी भावमकरन्द हुनु आवश्यक ठानिन्छ ।
ट) यसमा संस्कृत शास्त्रीय छन्दमा जस्तै गण र मात्राको गणना हुन्छ, एक मात्रिक ह्रस्व र दुई मात्रिक दीर्घ हुन्छ ।
ड) नेपाली भाषामा सामान्यतया ८ देखि २० अक्षरसम्मका गजलहरु लेखिएका पाइन्छन् ।
ढ) फारसी बहरका गणलाई रूक्न भनिन्छ । संस्कृतका वर्णको एउटा गण मानिन्छ, तर फारसी बहरका गणमा यो सङ्ख्या निश्चित रहेको पाइँदैन । यसमा २, ३ र ४ अक्षरसम्मका रूक्नहरु हुन्छन् ।
उदाहरण :
काफिया – १
रदिफ – २
मतला – ३
मकता – ५
तखल्लुस – ४
जून निभेको आकाश
कति नरमाइलो
हर समय सन्त्रास
कति नरमाइलो

खुशी छैन कतै
खुलेर हाँसेको
मनहरु छन् उदास
कति नरमाइलो

दुर्घटनाहरु मात्र
दोहोरिन्छन्
मृत्युको छ उदास
कति नरमाइलो

जता सङ्कटमा
परेको छ
आस्था र विश्वास
कति नरमाइलो

आत्मीयता, सद्भाव
र ममता खै
सबैतिर उपहास
कति नरमाइलो

धनेहरु बसाइँ
सर्छन् आज पनि
भई उठीबास
कति नरमाइलो

अब छैन ‘घनश्याम’
वृन्दावनमा
हर्ष र उल्लास
कति नरमाइलो
–घनश्याम परिश्रमी (मधुपर्क : २०६३, वैशाख)
आकाशका फल सबै
झरिसके होलान्
दुःख हाम्रा यसै गरी
टरिसके होलान्

भित्रभित्र रूँदारूँदै
हाँस्न थालिएछ
लाजशर्म गर्व अहं
मरिसके होलान्

हरियाली अलिकता
मनमा बाँकी थियो
छाडा साँढेहरुले नै
चरिसके होलान्

कति नौलो भैदिएछ
आफ्नै थलो पनि
हाम्रो नाम बिरानोमा
दरिसके होलान्

खोलाजस्तै बग्ने आँखा
सुकिसकेका छन्
रगत हाम्रो गिलासमा
भरिसके होलान्

खोज्छिन् आमा
छोराछोरी घरआँगनमा
‘मनु’सँगै सीमा पार
गरिसके होलान्
–मनु व्राजाकी (गजल गङ्गा)
बहरे मुतकारिव मुसम्मन सालिम बहरको एउटा उदाहरण हेरौ ः
सूत्र फऊलुन्+फऊलुन्+फऊलुन्+फऊलुन् अर्थात् भुजङ्गप्रयात छन्द (संस्कृतको एक वार्णिक छन्द)
। ऽ ऽ । ऽ ऽ । ऽ ऽ । ऽ ऽ
लुटेको छ आई
मलाई कसैले
मुटु भित्रभित्रै
जलाई कसैले
––मतला ए अब्बल-मतला ए उला
––मतला ए सानी
म अत्यन्त घायल
बनेको छु आज
नयनका तिखाशर
चलाई कसैले
थिएँ प्रीतिको स्तम्भ
गाडी बसेको
अनायास छाड्यो
ढलाई कसैले

म अमृत फलोस्
भन्दथेँ जिन्दगीमा
दियो झन् जहर पो
फलाई कसैले

यसै तिर्सनाले
थियो शुष्क छाती
हिँडेको छ कोरी
सलाई कसैले ।
–गोविन्दराज विनोदी (गजलप्रवाह, पृ.२)
ख) रूवाइ
चार पाउमा पूरा हुने कवितासम्बन्धी छन्दविधानलाई रूवाइ भनिन्छ । यसलाई फारसी ऊर्दू ढाँचाको फुटकर कविताको एउटा प्रकारका रुपमा लिइन्छ । यसलाई नेपालीमा मुक्तक र फारसीमा तराना पनि भन्ने गरिएको छ । यस छन्दमा निम्नलिखित विशेषता रहेको हुन्छ ः
क) यसमा जम्मा चारवटा समान पाउहरु हुन्छन् ।
ख) चार पाउमध्ये पहिलो, दोस्रो र चौँथो पाउमा गजलमा जस्तै रदिफ र काफिया रहेको हुन्छ ।
ग) तेस्रो पाउ स्वतन्त्र किसिमको हुन्छ ।
घ) यसको चौँथो पाउमा सारभूत त¤व रहेको हुनाले प्रभावका दृष्टिले यसले विशेष मह¤व राख्दछ ।
ङ) रूवाइ जुनसुकै विषयमा लेख्न सकिने भए पनि प्रायः नैतिक प्रसङ्गसँग जोडिएर आउने गर्दछ ।
च) यसमा पनि गजलमा झैं उक्तिवैचिœयको प्रधानता रहेको हुन्छ ।
यसका केही उदाहरण हेरौँ ः
विकासमा टाङ
अड्याउने देश हो यो
स्वार्थले जनता
भँड्याउने देश हो यो

नैतिकताको कुरै
नगर्नुहोला बिर्सेर पनि
भ्रष्टले औँला
ठड्याउने देश हो यो ।
–श्यामप्रसाद न्यौपाने (सौह्रदुनी आठ, ५९÷११८)
ग) हाइकु
हाइकु जापानी भाषा साहित्यमा प्रचलित लय हो । यस लयका प्रथम प्रयोक्ता आदिकवि बासो (१६४४–१६९४) हुन् । उनले होक्कुको नामबाट हाइकुको सृजना गरेका हुन् (धमला, भूमिका) । हाइकु कविता अत्यन्त कसिलो, मितव्ययी र सघन एवम् निश्चित आक्षरिक तथा पङ्क्तिगत संरचना (५+७+५) अक्षरे तीन हरफको १७ अक्षरीय ढाँचामा आबद्ध रही प्रगाढ अन्तव्र्यञ्जनाशाली बिम्बयोजनाको सामथ्र्य प्राप्त गर्ने कविता कलाको मुक्तनिकट लघुतम रुप हो (त्रिपाठी, भूमिका) । यसको पहिलो हरफमा रहेको पाँच अक्षरीय पद÷पदावलीले विषय प्रवेश गराउँछ । दोस्रो हरफमा रहेको सात अक्षरीय पद÷पदावलीले प्रतिक्रिया जनाउँछ । तेस्रो हरफमा रहेको पाँच अक्षरीय पद÷पदावलीले निष्कर्ष प्रदान गर्दछ । यसले प्रकृतिको स्तुतिगान गर्ने, बिम्ब र प्रतीकको कार्य अँगाल्ने, स्वतन्त्र अर्थबोधमा ऋतुबोधक शब्दलाई आप्mनो इशारामा ल्याउने तथा जीवन्त अभिव्यक्ति प्रस्तुत गर्ने, सांस्कृतिक मूल्य र गहिरोसँग समयको चित्रण गर्ने कार्य गर्दछ । यसले अत्यन्तै छोटा हरफहरुमा पनि धेरै कुराहरु समेट्न सकिन्छ भन्ने मान्यता राख्दछ । पहिलो हरफमा ५, दोस्रोमा ७ र तेस्रोमा ५ हरफ मिलेपछि तीन हरफको एक हाइकु बन्दछ, तर यसमा प्रकृति, समयको उपस्थिति र निश्चित शब्दसङ्ख्या रहेको हुनुपर्दछ । वर्णमात्रिक छन्दमा चार हरफको एक श्लोक भएजस्तै हाइकुमा तीन हरफ भएपछि एक हाइकु श्लोक हुन्छ । यस्ता ४ वटा हाइकु श्लोकको गुच्छाले लघु हाइकु बन्दछ । यसमा वार्णिक–मात्रिक, गजलहरुमा जस्तै गण र मात्रा मिलाइरहनु पर्दैन । कवितामा मानवीय विषयवस्तु नभएर मात्र प्राकृतिक जगत् अथवा ऋतुहरुको मात्र उल्लेख गरिन्छ भने पनि त्यसलाई हाइकु नै भनिन्छ ।
जस्तै ः
गुलाबी ओठ
ती शरावी समय
उडायो मन

आमाको माया
जुनीभरिलाई नै
अमृत हुन्छ

जून चुहेको
मलाई मन पर्छ
पलपलमा

रात विरात
यादले सताउँदा
कहाँ जाऊँ म

सेन्यु
सेन्यु हाइकुको जस्तै संरचनामा लेखिने जापानी लघुतम कविता हो । यसमा पनि तीन हरफ नै हुन्छन् । पहिलो हरफमा पाँच, दोस्रो हरफमा सात र तेस्रो हरफमा पाँच अक्षर हुन्छन् । हाइकुमा सधैँ शारीरिक तथा प्राकृतिक संरचनामा जोड दिइन्छ भने सेन्युमा सिंगो मानव जगत्लाई हास्यात्मक अर्थात् छेडछाड गरेर अभिव्यक्त गरिन्छ । यदि कसैले केही गरिरहेको वा केही सोचिरहेको वा केही महसुस गरिरहेको छ र त्यसलाई बुझेर ५ ७ ५ अक्षरको आकृतिमा तीन हरफ लेखिन्छ भने त्यसलाई सेन्यु भनिन्छ (मोती रत्नको ब्लगबाट साभार) ।
ताङ्का
ताङ्का पनि जापानी साहित्यमा प्रसिद्ध हाइकुभन्दा केही ठूलो आकारको विधा हो । यसमा बिम्ब, प्रतीक र अलङ्कारको विशेष भूमिका रहे पनि यसमा शीर्षक राख्नैपर्ने अनिवार्यता छैन । यसमा सूत्रात्मकता र सूक्तिमयता अपेक्षित हुन्छ । एउटा ताङ्कामा जम्मा ३१ अक्षर हुन्छन् । यसमा ५+७+५+७+७ अर्थात् पहिलो हरफमा ५, दोस्रो हरफमा ७, तेस्रो हरफमा ५, चौँथो हरफमा ७ र पाँचाँै हरफमा ७ अक्षर रहन्छन् । यसरी एउटा ताङ्कामा ५ हरफ र जम्मा ३१ हरफ रहन्छन् । वर्णमात्रिक छन्दमा चार हरफको एक श्लोक भएजस्तै तान्कामा पाँच हरफको एक श्लोक हुन्छ र श्लोक भएपछि एक लघु ताङ्का बन्दछ ।
सेदोका
सेदोका ताङ्काभन्दा केही ठूलो आकृति रहेको जापानी साहित्यमा नै प्रसिद्ध एक विधा हो । यसमा पनि हाइकु र ताङ्कामा जस्तै सूत्रात्मकता र सूक्तिमयता अपेक्षित हुन्छ । यसमा जम्मा ३८ अक्षर हुन्छन् । यसमा ५+७+७+५+७+७ अर्थात् पहिलो हरफमा ५, दोस्रो हरफमा ७, तेस्रो हरफमा ७, चौथो हरफमा ५, पाँचाँै हरफमा ७ र छैटौँ हरफमा सात अक्षर रहन्छन् । यसरी सेदोका छ हरफका ३८ अक्षरमा पूर्ण हुन्छ । यसको पहिलो तीन हरफमा एक किसिमको र दोस्रो तीन हरफमा अर्को किसिमको अन्त्यानुप्रास मिलेको अनि दुवैमा प्राकृतिक बिम्ब समेटिएको हुनुपर्ने मान्यता सेदोकामा रहेको छ । यसको पहिलो र चौँथो एक किसिमको, दोस्रो र तेस्रो एक किसिमको र पाँचौँ र छैटौँ एक किसिमको अन्त्यानुप्रास मिलाउनुपर्छ । ६ हरफबाट एक सेदोका श्लोक बन्छ । यस्ता ४ श्लोकबाट एक लघु सेदोका बन्छ ।
चोका
चोका पनि एउटा लोकप्रिय जापानी छन्द हो । यो नौ हरफमा लेखिन्छ । यसमा पाँच सात, पाँच सात अक्षरका दरले आठ हरफ र नवौँ हरफचाहिँ सात (५+७+५+७+५+७+५+७+७–५५) अक्षरको हुने गर्दछ ।
जस्तै ः
विरसिलो छ
आजको त्यो आकाश
बादल, घेरा
खै त सूर्य प्रकाश !
चन्द्रमा पनि
ग्रहणले छेकिँदा
नीरस लाग्छ
प्रकृति र संसार
कहाँ छ मनोहर
चन्द्रप्रसाद न्यौपाने (छन्दकुञ्ज)
पिरामिड कविता
वर्ण पिरामिड शैली कविताको नवीन संरचनागत प्रारुप हो । यसको प्रवर्तन हिन्दी साहित्यमा सन् २०१२ तिर सुरेश पाल वर्मा जसालाले गरेका हुन् । यो सात हरफमा टुङ्गिन्छ । यसका कविताको आकार लेख्दै जाँदा पिरामिडजस्तै देखिने भएकाले यसलाई वर्ण पिरामिड भनिएको हो । जसालाद्वारा प्रतिपादन गरिएकाले यसलाई जसाला पिरामिड भनिएको देखिन्छ । डा. भीम खतिवडाका अनुसार पिरामिड शैलीमा नेपाली कविता लेख्ने भारतीय नेपाली स्रष्टा रेवतीमोहन तिम्सिना हुन् । उनले नै यस शैलीलाई अनुसरण गरी नेपाली भाषामा कविता लेखेका हुन् । यसपछि केही अन्य कविहरुले पनि यसलाई अनुसरण गर्दै कविता लेख्दै आएको देखा पर्दछ ।
१. यसको पहिलो हरफमा एउटा वर्ण, दोस्रामा दुई, तेस्रामा तीन, चौँथामा चार, पाँचौँमा पाँच, छैटौँमा छ, सातौँमा सात वर्ण समावेश गरी पिरामिड कविता टुङ्ग्याइने ।
२. संयुक्ताक्षरलाई पनि एउटै वर्ण मानिने ।
३. अन्त्यको वा अरु कुनै एउटा हरफ तुकान्त हुनुपर्ने ।
४. यसमा भावपक्ष अत्यन्त सशक्त र सघन हुनुपर्ने ।
५. यसको क्रमागत वर्ण बढोत्तरी अवयवभित्र सामान्य वाक्यमात्र बन्नु नहुने ।
६. यो एउटा वर्णबाट सुरू भएर सातवटासम्म पुग्दा इँटा मिलाएर राखेजसरी शब्दहरुको खोया रेल मात्र बन्नु नहुने ।
७. मौलिक बिम्ब, मिथक र उखानको उपयुक्त प्रयोग अपेक्षित रहने ।
८. प्रकृति, समय र मानव नै पिरामिडको छत्रे सोपान बन्नु आवश्यक हुने ।
जस्तै :
कीर्ति ए
मान्छे !
विश्वास
शिलालेख
अमरताको
अनुहार भुलून्
उपकार सम्झिऊन्
डा. भीम खतिवडा
(मुहार पुस्तिका, १४ अगस्त २०२०)
४. गद्यलय÷मुक्त छन्द
शास्त्रीय जातीय वा अन्य कुनै किसिमका नियमको बन्धन नभएको स्वच्छन्द प्रकृतिको छन्दलाई गद्यलय वा मुक्त छन्द भनिन्छ । यसलाई अंग्रेजीमा ब्ल्याङ्कभर्स (खाली पद्य) भनिन्छ । यसमा स्वस्फूर्त अन्तःसाङ्गीतिकता वा अन्तर्लयचाहिँ रहेको हुन्छ । विश्वसाहित्यको सन्दर्भमा हेर्दा यसको आरम्भ स्वच्छन्दतावादी साहित्यिक अभियानसँगै (उन्नाइसौँ शताब्दीको पूर्वाद्र्धबाट) भएको पाइन्छ । नेपाली साहित्यमा गोपालप्रसाद रिमालबाट यस छन्दको प्रयोग आरम्भ भएको हो । यसपछि लक्ष्मीप्रसाद देवकोटा, मोहन कोइराला, वैरागी काइँला आदिले यस छन्दलाई लोकप्रियताको शिखरमा पु¥याएको पाइन्छ । यसको एउटा उदाहरण हेरौँ ः
तिमी ममा विश्वास गर
भावी सन्ततिको सुरक्षा गर्नुछ
अनि यो पृथ्वीको सुरक्षा गर्नुछ
आकाश गङ्गा तिम्रो
र मेरो प्रतीक्षामा छिन्
उनको यो प्रतीक्षा
फलीभूत तुल्याउनु छ
हामी दुईले हाम्रै प्रेम प्रक्षेपणले
अनन्त युरेनियम
र जैविक अस्त्रहरु
निष्क्रिय तुल्याउनुछ
–धनपति कोइराला (मेरो सहर)
यस प्रकार नेपाली साहित्याकाशमा विगतदेखि वर्तमानसम्म नै विदेशी छन्दहरुको प्रयोग गर्ने प्रचलन रहेको फेला पर्दछ । वर्तमानमा आप्रवासनका क्रममा पुगेका कैयौँ स्रष्टाहरुले त्यहाँका लोकजीवनमा लोकप्रियता पाएका लयहरुलाई समेत टपक्कै टिपेर जीवन्त सृजना गरिरहेको सन्दर्भमा नेपाली साहित्यले नेपाली भूगोल पार गर्दै विश्व क्षितिजका कैयौँ लयमा प्रवेश पाई विश्वसाहित्यको गरिमा बोक्न थालेको छ । यस मानेमा नेपाली साहित्य एक सार्वभौम समृद्ध साहित्य बन्ने गन्तव्यमा हिँडिरहेको मान्न सकिन्छ ।
(साधना कुटी)

 

[email protected]

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया