उपप्रमुख महतोले प्रयोग गर्दै आएको गाडी बिरामी ओसारपसारमा

अन‌ि यो पनि

माडी । माडी नगरपालिकाकी उपप्रमुख ताराकाजी महतोले प्रसूतिलगायतका स्वास्थ्य समस्यामा परेका महिलाहरुलाई आफूले प्रयोग गर्दै आएको गाडी निःशुल्क उपलब्ध गराउने घोषणा गरेकी छन् ।

कोभिड महामारीले विश्वको जनजीवन नै आक्रान्त बनाइरहेका बेला कयौँ मानिसहरुले एम्बुलेन्सको अभावमा ज्यान गुमाइरहेको अवस्था छ । माडीमा यस्तो अवस्थाको सिर्जना नहोस् भन्ने उद्देश्यले नै उनले आफूले प्रयोग गर्दै आएको नगरपालिकाको गाडी केही समयका लागि बिरामी ओसारपसारमा सहयोग गर्ने भएकी हुन् ।

कोरोना सङ्क्रमणको अवस्थामा आवश्यक मात्रामा एम्बुलेन्स उपलब्ध नहुने भएकाले अति संवेदनशील अवस्थाका गर्भवती, सुत्केरीलगायतका स्वास्थ्य समस्यामा परेका महिलाहरुलाई गाडी उपलब्ध गराउने घोषणा उनले गरेकी छन् ।

उपप्रमुख महतोले कोभिड–१९ को यो महामारीमा सबैजना सुरक्षित रहन र स्वास्थ्यको मापदण्डलाई पालना गर्न माडीवासीलाई अनुरोध गर्दै आफू बच्न र अरुलाई पनि बचाउन आग्रह गरेकी छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...