बछौली । पूर्वी चितवनको बछौलीवासीले शुक्रबार गाउँमा रहेको नागदेव मन्दिरमा सामूहिक नागका पूजा गरेका छन् । नागपञ्चमीको दिन शुक्रबार गाउँलेहरुले बाजा र भजनकीर्तनसहितको धार्मिक ¥याली लिकालेर पूmलको डोलीसमेत मन्दिरमा भित्र्याएका थिए ।
गाउँमा मन्दिर स्थापना गरी पहिलो पटक सामूहिक रुपमा पूजाआजा गरिएको मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष हिराकुमारी मगरले बताउनुभयो । घरको मूलढोकामा फोटो टाँसेर नागको पूजा गर्ने धार्मिक मान्यता छ । विगतको परम्परा तोड्दै बछौलीवासीले यसपाली नागको पूजा सामूहिक रुपमा गरेका हुन् ।
Discussion about this post