बजेट पास गर्न मुख्यमन्त्रीको दाउपेच : सर्वदलीय बैठकदेखि नेपाल पक्षलाई समेट्नेसम्म

अन‌ि यो पनि

हेटौँडा । बजेट पास हुन नदिने विपक्षी दलहरुको मोर्चाबन्दीका कारण यो आर्थिक वर्षमा बागमतीमा मुख्यमन्त्री डोरमणि पौडेललाई बजेट पास गर्न हम्मेहम्मे परेको छ । कुनै पनि हालतमा बजेट पास गर्ने तयारी गरेका मुख्यमन्त्री पौडेलले दैनिकजसो राजधानी काठमाडौँमा भेटघाट, बैठक राख्ने गरेका छन् ।

बिहीबार प्रदेशस्तरीय सर्वदलीय बैठक राखेर बजेट पास गर्न सहयोग मागेका मुख्यमन्त्री पौडेलले उल्टै आक्रोशको सामना गर्नु परेको थियो । यस्तै, शुक्रबार पनि उनले नेकपा एमाले संसदीय दलको बैठक राखेर एमालेलाई एक ठाउँमा ल्याउने प्रयास गरेका छन् ।

शुक्रबार धुम्बाराहीमा बसेको बागमती प्रदेश एमाले संसदीय दलको बैठकमा एमालेको दुवै पक्षको सहभागिता रहेको थियो । प्रदेश सरकारले बनाउने आगामी वर्ष २०७८÷०७९ को प्रदेशको नीति तथा कार्यक्रम र बजेटको विषयमा सुझाव दिन समिति बनेको छ । दुई चरणमा बैठक बसेर सुझाव दिन सहजीकरण समिति बनाएको एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए । उनका अनुसार पहिलो बैठकमा कोरोना सङ्क्रमणबाट निधन भएका एमालेका प्रदेशसभा सदस्य पशुपति चौलागाईंको शोक प्रस्ताव पारित भएको थियो । बैठकको दोस्रो सत्रमा सरकारलाई सुझाव दिन समिति गठन भएको हो ।

दुवै पक्षलाई समेटेर समिति

प्रदेश सरकारलाई सुझाव दिन बनेको सहजीकरण समितिमा सत्तारुढ नेकपा एमालेका दुवै पक्षका सांसद्हरु सहभागी भएका छन् । पार्टीको केन्द्रमा देखिएको झगडालाई पन्छाएर प्रदेश सरकारलाई सहयोग गर्ने हिसाबले समिति गठन गर्ने कुरामा संसदीय दलका सबै पदाधिकारी सहमत भएको मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।

दलको बैठकले नेपाल पक्षका एमाले नेताको संयोजकत्वमा राजेन्द्र पाण्डे, पूर्वप्रदेश मन्त्री अरूण नेपाल, उद्योग, पर्यटन वन तथा वातावरण समिति सभापति रमा आलेमगर, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल, भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँल, आन्तरिक मामिला तथा कानुनमन्त्री केशव पाण्डे, सांसद्हरु कृष्ण खनाल, नारायण सिलवाल र मुख्य सचेतक दीपक निरौलासहितको सहजीकरण समिति गठन गरेको हो । समितिले प्रदेश सरकारलाई आगामी आर्थिक वर्षका लागि कस्तो खालको नीति तथा कार्यक्रम र बजेट ल्याउन आवश्यक छ भन्ने विषयमा सुझाव दिने बताइएको छ ।

स्पष्टीकरण फिर्ता हुनुपर्छ : नेपाल पक्ष सांसद्

नेपालले यसअघि एमाले संसदीय बोर्डले १४ जनालाई स्पष्टीकरण सोधेको विषयमा छलफल भए पनि मुख्यमन्त्री डोरमणि पौडेलले यसलाई मिलाएर लैजाने मुख्यमन्त्रीनिकट मानिने मुख्य सचेतक दीपक निरौलाले बताए । उनले पार्टीमा देखिएको विवाद बजेटमा नहुने दाबी गरेता पनि नेपाल पक्षका सांसद्ले राष्ट्रिय सभाको चुनावको विषयमा सोधेको स्पष्टीकरण फिर्ता हुनुपर्ने बताएका छन् । गत आइतबार नेकपा एमालेका बागमती प्रदेशका १४ सांसद्ले पार्टीलाई स्पष्टीकरण बुझाइसकेका छन् ।

एमाले बागमती प्रदेशको संसदीय बोर्डले पार्टीका उमेदवार रामबहादुर थापा बादललाई मत नदिएको भन्दै गत शनिबार उनीहरुलाई स्पष्टीकरण सोधेको थियो । सोहीअनुसार अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरूण नेपाल, वसन्त मानन्धर, रचना खड्का, कृष्ण खनाल, शान्तिप्रसाद पौडेल, मुनु सिग्देल, इन्द्रमाया गुरूङ, मीना ज्ञवाली, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, कुसुमकुमार कार्की र पार्वती सिलवालले स्पष्टीकरणको जवाफ पेश गरेका हुन् ।

स्पष्टीकरण बुझाइसके पनि दलले स्पष्टीकरणको निर्णय फिर्ता नलिए बजेटमा सहयोग गर्न नसकिने माधव नेपाल पक्षका सांसद्हरुले बताउँदै आएका छन् । शुक्रबारको संसदीय दलको बैठकमा औपचारिकरुपमा उक्त विषयमा छलफल नभएता पनि अनौपचारिकरुपमा स्पष्टीकरण फिर्ता गर्न मुख्यमन्त्रीलाई आग्रह गर्दै फिर्ता नभए बजेट पास हुन नसक्ने चेतावनी दिएका एक सांसद्ले बताए । उनका अनुसार पार्टी मिलाउन लचिलो भएको विषयलाई मुख्यमन्त्रीले कमजोरी सोच्न नहुने भन्दै राष्ट्रिय सभा सदस्यको चुनावको गोपनीयतामा नै प्रश्न उठाइएको छ ।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया