दलित युवा कुटपिटका आरोपित पक्राउ, ज्यानमार्ने उद्योग मुद्दा दर्ता

अन‌ि यो पनि

भरतपुर , १५ जेठ । राप्ती नगरपालिका वडा नं–९, मिलनबजारमा जेठ १० गते सोमबार बाटोमा हिँड्ने क्रममा स्थानीय कल्पना परियारलाई जातीय विभेद हुने गरी गालीगलौच गरेको र उनको छोरालाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही स्थानका ४० वर्षका राजकुमार श्रेष्ठलाई जेठ १३ गते पक्राउ गरेको छ ।

राजकुमारविरूद्ध कल्पनाले ज्यानमार्ने उद्योगमा इलाका प्रहरी कार्यालय खैरहनीमा जाहेरी दिएकी थिइन् । राप्ती–९ बस्ने ५५ वर्षीया चीनमाया श्रेष्ठ, उनको छोरा वर्ष ४० का राजकुमार श्रेष्ठ र राजकुमारकी श्रीमती ३५ वर्षीया रूबी श्रेष्ठविरूद्ध उजुरी परेको हो ।

चीनमाया र रूबीले दमाई, डुमलगायतका जातीय विभेद हुने शब्द प्रयोग गरेको तथा राजकुमारले छोरा २५ वर्षीय अमृत दर्जीलाई कुटपिट गरी दाहिने हातको काँधको जोर्नी नै फुस्काइदिएको भनी जाहेरी परेको चितवन प्रहरी प्रवक्ता डिएसपी सूर्य थापाले बताए । घाइतेको भरतपुरस्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार भएको हो ।

जेठ १० गते स्थानीय भमाया तामाङको घरमा चोरी भएको सम्बन्धमा घटनामा विवादपश्चात् कुटपिट गरेको भनी उजुरी परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया