सेनाको कमान्डर मृत्यु प्रकरण : अन्ततः परिवारले बुझे शव

अन‌ि यो पनि

भरतपुर , १५ जेठ। मेघौलीनजिक राप्ती नदी तर्ने क्रममा डुबेर मृत्यु भएका ३३ वर्षीय सेनाका हबलदार गगन शाहीको शव उनको परिवारले बिहीबार बुझेको छ ।

अस्पताल स्रोतका अनुसार पानीमै डुबेर शाहीको मृत्यु भएको पोस्ट मार्टम रिपोर्टमा उल्लेख छ । पोस्ट मार्टम भरतपुर अस्पतालमा भएको हो । मृतकका परिवारले घटना शङ्कास्पद भनी शव बुझ्न मानेका थिएनन् । चितवन राष्ट्रिय निकुञ्जभित्र कार्यरत नेपाली सेनाका हबलदार शाहीको १० गते राप्ती नदीमा डुबेर मृत्यु भएको हो ।

घटना थाहा पाएलगत्तै श्रीमती, २ छोरा (९ वर्ष र ५ वर्ष), दाजु र भाउजू जेठ ११ गते चितवन आएका थिए । यस घटनामा कोहीविरूद्ध पनि किटानी वा बेनामे जाहेरी नपरेको चितवन प्रहरी प्रवक्ता डिएसपी सूर्य थापाले बताए । शाहीको घर दैलेख हो ।

मृतक शाही निकुञ्जभित्र सञ्चालन हुने अपरेसन महाहन्टका लागि खटिएको रेञ्जर बटालियनका पोस्ट कमान्डर थिए । गत पुसदेखि सुरू भएको अपरेसन महाहन्ट यही जेठमा सकिँदै थियो । तालिम सकिने अवस्थामा रमाइलो कार्यक्रम रहेको र सोही बेलामा साथीहरुसँग राप्ती तर्दा डुबेर मृत्यु भएको प्रारम्भिक जानकारी प्रहरीले गराएको छ । पोस्टमा मदिरा सेवन गरेपछि थप मदिरा किन्नका लागि उक्त टोलीका तीन जना डुङ्गामा राप्ती नदी तरेर मेघौलीनजिकै गोलाघाट पुगेका थिए ।

तर, फर्कने बेलामा राति ८ बजेतिर दुई जना डुङ्गामै फर्किए पनि पोस्टका कमान्डर रहेका हबलदार गगन शाही भने पौडिएका थिए । पौडिएका हबलदार शाही पोस्टमा नपुगेपछि खोजी गर्दा मंगलबार बिहान मृत भेटिएका थिए । हबलदार गगन शाहीसहितको टोली निकुञ्जको लामीतालनजिकै रहेको पोस्टमा कार्यरत थियो ।

प्रतिकृया

मुख्य समाचार

बागमती सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन, ४ असार । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले यहाँको स्वास्थ्य कार्यालयलाई ३० प्रकारका औषधिसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया