‘निजी क्षेत्रलाई खोप आयात गर्न देऊ’

अन‌ि यो पनि

भरतपुर । चितवनका १९ वटा निजी संघसंस्थाहरुले खोप आयातमा निजी क्षेत्रलाई प्रोत्साहनसहित अनुमति प्रदान गर्नुपर्ने माग गरेका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई बुझाइएको संयुक्त ज्ञापन पत्रमा खोप आयातका लागि अनुमतिप्राप्त संस्थाहरुलाई यथाशीघ्र आयात गर्न सक्ने गरी सहजीकरण तथा समन्वय गरिदिनुपर्ने मागसमेत गरिएको छ ।

साथै, सामाजिक सुरक्षा कोषमा आबद्ध औद्योगिक प्रतिष्ठानहरुलाई प्रोत्साहनस्वरुप नेपाल सरकारका कर्मचारीहरुसरह प्राथमिकता दिई निःशुल्क खोप लगाउने व्यवस्था गर्नुपर्ने ज्ञापन पत्रमा उल्लेख छ । यसैगरी, अतिविपन्न र गरिबीको रेखामुनि रहेका जनतालाई तत्काल निःशुल्क खोपको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले निजी क्षेत्रहरुबाट हस्ताक्षर भएर आएको ज्ञापन पत्रलाई सम्बन्धित निकायसमक्ष छिट्टै पु¥याउने बताए ।

ज्ञापन पत्रमा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल, निजी अस्पताल समन्वय समितिका अध्यक्ष डा. नारायणसिंह कुँवर, नेपाल चिकित्सक संघ चितवनका अध्यक्ष डा. लोकबहादुर सेढाईं, निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष उमानन्द कँडेल, नेपाल कुखुरा व्यवसायी मञ्च चितवनका अध्यक्ष राजेन्द्र लामिछाने, क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराई, नेपाल क्रेट उत्पादक संघका अध्यक्ष दण्डपाणि भट्टको हस्ताक्षर रहेको छ ।

त्यस्तै, चितवन उद्योग संघका बस्तुगत सदस्यहरु चितवन मेटल इन्जिनियरिङ एण्ड फेब्रिकेसन उद्योग समितिका अध्यक्ष ताराबहादुर कार्की, नेपाल मत्स्य व्यवसायी संघका अध्यक्ष खगेन्द्र सुवेदी, जिल्ला बीउविजन समन्वय समितिका अध्यक्ष उमानाथ पौडेल, होटल व्यवसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठ, चितवन मसला उत्पादक संघका अध्यक्ष विक्रम सापकोटा, पश्चिम चितवन मिल व्यवसायी मञ्चका अध्यक्ष छविलाल ढकाल, चितवन नवलपुर सिमेन्ट सामग्री उद्योग समितिका अध्यक्ष बद्रिप्रसाद चापागाईं, औद्योगिक फिडर आन्तरिक व्यवस्थापन उद्योग समितिका अध्यक्ष अरूणकुमार पिया, चितवन लोकल तेल उत्पादक संघका अध्यक्ष सुदर्शन पौडेल, गार्मेन्ट उद्योग संघका अध्यक्ष सन्तोषकुमार पाण्डे, होटल तथा रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्ष ज्योति कँडेलको हस्ताक्षर रहेको छ ।

प्रतिकृया

मुख्य समाचार

बागमती सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन, ४ असार । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले यहाँको स्वास्थ्य कार्यालयलाई ३० प्रकारका औषधिसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया