रत्ननगर अस्पतालमा आइसियू र भेन्टिलेटर, मन्त्रालयद्वारा तीन करोड रकम स्वीकृत

अन‌ि यो पनि

रत्ननगर, १५ जेठ। । बकुलहर रत्ननगर अस्पतालमा कोरोना सङ्क्रमितको उपचार गर्ने गरी आइसियू र भेन्टिलेटर सञ्चालनका लागि तीन करोड रूपैयाँ स्वीकृत भएको छ । अर्थ मन्त्रालयले अस्पताललाई पाँचवटा आइसियू र दुई थान भेन्टिलेटर सञ्चालनका लागि सो रकम स्वीकृत गरेको हो ।

अस्पतालमा कोरोना सङ्क्रमितको उपचार सुरू गरेपछि रत्ननगर नगरपालिका र अस्पतालले जेठ ३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै सामग्री उपलब्ध गराइदिन अनुरोध गरेको थियो ।

नगरपालिका र अस्पतालले पत्र पठाएको तीन दिनपछि जेठ ६ गते चितवन क्षेत्र नं १ का निवर्तमान सांसद् तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आवश्यक उपकरण र जनशक्ति तत्काल उपलब्ध गराइदिन अनुरोध गर्दै पत्र लेखेका थिए ।  स्वास्थ्य मन्त्रालयको सिफारिसमा बिहीबार अर्थ मन्त्रालयले आइसियू र भेन्टिलेटर सञ्चालनका लागि उपकरण खरिद गर्न तीन करोड रूपैयाँ स्वीकृत गरेको मेयर नारायण वनले जानकारी दिए ।

स्वास्थ्यसम्बन्धी सबै किसिमका सेवा सञ्चालन गर्दै आइरहेको रत्ननगर अस्पतालमा आइसियू र भेन्टिलेटर नहुँदा कोरोना सङ्क्रमितको उपचार हुन सकेको थिएन । जेठ महिना सुरू भएपछि अक्सिजन राखेर कोरोना सङ्क्रमितको उपचार सुरू गरेको सो अस्पतालले सरकारसँग आइसियू र भेन्टिलेटर सञ्चालनका लागि उपकरणसहित डाक्टर तथा स्वास्थ्यकर्मीको माग गरेको थियो ।

‘हामीले १० बेडको आइसियू र भेन्टिलेटर माग गरेका थियौँ’, मेयर नारायण वनले भने, ‘तर जनशक्ति कम देखेर मन्त्रालयले तत्कालका लागि पाँचवटा आइसियू र तीनवटा भेन्टिलेटरका लागि रकम उपलब्ध गराएको छ ।’ एक हप्ताभित्र अस्पतालमा आइसियू र भेन्टिलेटर सञ्चालन गर्ने मेयर वनले जानकारी दिए ।

बकुलहर रत्ननगर अस्पतालमा रत्ननगर, कालिका, खैरहनी र राप्तीका जनताले स्वास्थ्य सेवा लिँदै आएका छन् । दैनिक ६०० जनाले स्वास्थ्य सेवा लिइरहेको सो अस्पतालमा छाला रोग र मिर्गौला रोगीको डायलाइसिससमेत हुँदै आएको छ ।

निवर्तमान सांसद् तथा पूर्वअर्थमन्त्री पाण्डेले वर्षौंदेखि पछाडि परेको सो अस्पतालमा आइसियू र भेन्टिलेटर सञ्चालन भएपछि पूर्वी चितवनका जनताले सुरक्षित स्वास्थ्य सेवा पाउने बताए । तत्कालका लागि पाँचवटा आइसियू र भेन्टिलेटरका लागि बजेट स्वीकृत भएको भन्दै  पाण्डेले केही समयपछि संख्या थपिने विश्वास व्यक्त गरे । प्रदेशस्तरीय सो अस्पताललाई बागमती प्रदेश सरकारले तीन महिनाअघि डाक्टरको दरबन्दीसहित ५० शøयाको स्वीकृति दिएको थियो ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया