चितवनमा देखिएको छैन ‘ब्ल्याक फङ्गस’

अन‌ि यो पनि

भरतपुर, १५ जेठ । चितवनमा हालसम्म ब्ल्याक फङ्गस (कालो ढुसी) का बिरामी देखिएका छैनन् । चितवनमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मीहरुले बाहिरबाट रिफर भएर आएका बिरामी तथा जिल्लाभित्रका अस्पतालमा भर्ना भएका कुनै पनि बिरामीमा ब्ल्याक फङ्गस नदेखिएको बताए ।

चिकित्सकहरुका अनुसार भारत तथा तराईका बोर्डर जिल्ला पर्सालगायतका ठाउँका बिरामीमा ब्ल्याक फङ्गस देखिए पनि चितवनमा यस्ता बिरामी नभेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले हालसम्म चितवनका अस्पतालमा भर्ना भएर उपचारमा रहेका कोरोना सङ्क्रमितहरुमा ब्ल्याक फङ्गस नदेखिएको बताए ।

उनले भने, ‘भारतमा यो बढीमात्रामा कोरोना सङ्क्रमित र कोरोनाबाट निको भएकाहरुमा देखिएको छ, यहाँ पनि वीरगन्जका अस्पतालमा देखिएको भन्ने सूचना आएको हो, तर चितवनमा हालसम्म ब्ल्याक फङ्गस देखिएको छैन ।

भरतपुर अस्पतालका कोभिड क्लिनिकल कोर्डिनेटर डा प्रमोद पौडेलले पनि चितवनमा ब्ल्याक फङ्गसका बिरामी नभेटिएको बताए । उनले भने, ‘यो ढुसी हो, भाइरस होइन । रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा यो ढुसी देखिन सक्छ । कोरोना सङ्क्रमितमा मात्र होइन, अन्य बिरामीहरुमा पनि देखिन सक्छ, तर चितवनमा हालसम्म यो देखिएको छैन ।’

चितवन मेडिकल कलेजका कोभिड–१९ फोकल पर्सन डा किशोर अधिकारीले पनि सिएमसीमा हालसम्म ब्ल्याक फङ्गसका बिरामी नभेटिएको बताए । उनले भने, ‘रोग प्रतिरोधात्मक क्षमता कम हुनेहरुमा बढीमात्रामा यसले आक्रमण गर्छ । कोरोना सङ्क्रमितमा मात्र देखिने अन्य बिरामीमा नदेखिने भन्ने हुँदैन ।’

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया