म त्यही कुटिएको नर्स हाे 

अन‌ि यो पनि

म त्यही कुटिएको नर्स हाे
श्रम र सम्मान लुटिएको नर्स हो
मानव सेवा नै मेरो धर्म भनि हिड्दा
आफ्नै परिवार बाट छुटिएको नर्स हो
कहिले दिन कहिले रात काम तेस्तै
जति गरेनि जे गरेनी बदनाम त्यस्तै
जीउ ज्यान फालेर सेवा गरिरहन्छु
 थकानले ढलेऊ शरीर श्रम त्यस्तै
यहाँ हाम्रो सुरक्षा छैन
जता हेरेनी गुन्डा गर्दी
कतै पनि निस्पक्ष छैन
पापी र अपराधी देख्छु
 न्यायको पक्ष छैन
यहाँ मौन छ सरकार
दुईचार दिन हुन्छ प्रचार
फेरि कुन नर्स कुटने हो
कुन तला बाट कुद्ने हो
कुन डाक्टर काे शीर फुट्ने हो
अरु देशमा स्वास्थ्यकर्मिको सम्मान गर्छन्
हाम्रो तिर लछारपछार र तानतुन पार्छन्
उतातिर भगवान् जस्तै मान्छन्
यता रावण जस्तै व्यवहार गर्छन
NMA, NAN पनि चिठ्ठी मात्रै लेख्छ
गर्ने केही होइन , झोले जस्तै लाग्छ
चुनाव अायो दुईचार वाट ठूल्ठूला कुरा
अबदेखि यस्ता काम बन्दागर भुरा
प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया