पछिल्लो २४ घण्टामा चितवनमा १५८ संक्रमित थपिए

अन‌ि यो पनि

चितवन, जेठ १४ । पछिल्लो २४ घण्टामा चितवनमा १५८ जना नयाँ संक्रमित थपिएका छन् भने दुई संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १२२ जना संक्रमित संक्रमणमुक्त भएका छन् । हाल जिल्लामा चार हजार ८५८ जना सक्रिय संक्रमित छन् । जसमध्ये होम आइसोलेसनमा चार हजार ६८५ जना, अस्पतालमा १५८ जना र सामुदायिक आइसोलेसनमा १५ जना संक्रमित छन् ।

हालसम्म चितवनका २१४ संक्रमितको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।
कार्यालयका अनुसार हाल भरतपुर महानगरमा तीन हजार ८७३, खैरहनीमा १७७, माडीमा १५०, रत्ननगरमा २८६, राप्तीमा १४७, कालिकामा १८० र इच्छाकामनामा ४५ जना सक्रिय संक्रमित रहेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...