धादिङको कोभिड अस्पताललाई रेडक्रसको सहयोग

अन‌ि यो पनि

धादिङ, जेठ १४ । धादिङको सदरमुकाम धादिङबेसीमा रहेको अस्थायी कोभिड अस्पतालमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङले स्वास्थ्य सामाग्री र स्वास्थ्य उपकरणहरु सहयोग गरेको छ ।

शुक्रवार विहान धादिङ अस्पताल व्यवस्थापन समितीका अध्यक्ष महेन्द्र धमला र अस्पतालका मेसु डा त्रिभुवनचन्द्र झालाई रेडक्रस धादिङका सभापति नारायण तिमिल्सिनाको नेत्तृत्वमा रहेको टोलीले समानहरु हस्तान्तरण गरेका हुन् ।

रेडक्रसले कोभिड अस्पताललाई अक्सिजन कन्सनटेटर १ थान, मेडिकल सर्जिकल मास्क १ हजार थान, केएन नाइन्टि फाईभ मास्क सय थान, पिपिई ४ थान, कम्बल २० थान, अटोमेटिक स्प्रे मेसिन १ थान, क्लोरिन ५ लिटर, स्यानीटाईजर ५ लिटर, ह्याण्ड स्यानिटाईजर ९ वटा, डिटोल साबुन ६० वटा, बाल्टीन १० थान, जग १० थान, व्यक्तिगत सरसफाइ सामाग्री (ब्रस, मन्जन, साबुन, टावेल) २५ थान र शव ब्याग ५ थान सहयोग गरेको हो ।

यसै गरी अस्पतालमा खाली रहेको २० ओटा अक्सिजन सिलिन्डर भरेर ल्याउन २० हजार नगद समेत सहयोग गरिएको रेडक्रस धादिङका सभापति तिमिल्सिनाले वताए ।

त्यसैगरी, पूर्वमन्त्री कल्पना धमलाको पहलमा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डा.काशिराज पाण्डे, डा. दिलशा सिंखडा तथा अस्ट्रेलियामा बसोबास गर्दै आएका दिपक धमलाको सहयोगमा पनि अस्थायी कोडि अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

पूर्वमन्त्रीको पहलमा सर्जिकल मास्क ५ हजार थान, स्यानिटाइजर १० लिटर, सर्जिकल ग्लब्स १०० बक्स र अक्सिजन फ्लोमिटर १० थान प्राप्त भएको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया