प्रेस संगठन चितवनलाई स्वास्थ्य सामग्री सहयोग

अन‌ि यो पनि

चितवन । उद्योग वाणिज्य संघ रत्ननगरका उपाध्यक्ष एवं चितवनका युवा व्यवसायी पुरु खनालले प्रेस संगठन नेपाल चितवन शाखालाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

गत जेठ ९ गते परेको आफ्नो जन्मदिनको अवसरमा घोषणा गरेको स्वास्थ्य सामग्री शुक्रबार प्रेस संंगठनको कार्यालयमा आएर हस्तान्तरण गरेका हुन् ।

संगठनका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारी, जिल्ला अध्यक्ष प्रकाशमणि ज्ञवाली, सचिव राजेन्द्र आचार्यलगायतको उपस्थितिमा व्यवसायी खनालले ५००० पिस सर्जिकल मास्क र १०० थान सेनिटाइजर सहयोग हस्तान्तरण गरेका हुन् ।

उनले कोभिडको समयमा अग्रभागमा रहेर काम गरिरहेका पत्रकारका लागि सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै आवश्यक परे थप सहयोग गर्न तयार रहेको बताए ।

स्वास्थ्य सामग्री बुझ्दै केन्द्रीय कोषाध्यक्ष अधिकारीले संकटको घडीमा स्वास्थ्य सामग्री सहयोग गरेकोमा आभार प्रकट गरे । यस्तै चितवन शाखाका अध्यक्ष ज्ञवालीले प्राप्त सहयोग चितवनका सबै पत्रकारहरुको हातहातमा पु¥याइने बताए ।

व्यवसायी खनाल एचएण्डएस ग्रुपका अध्यक्ष हुन् । यस्तै, नेपाल ह्याचरी उद्योग संघ बागमती प्रदेश सदस्य, कुखुरा व्यवसायी संघ पूर्वी चितवनका महासचिवलगायत दर्जन बढी संघसंस्थामा आवद्ध छन् ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया