चितवनका अस्पतालमा संक्रमितको संख्या घट्दो

अन‌ि यो पनि

चितवन, जेठ १४ । चितवनका विभिन्न अस्पतालहरुमा उपचाररत कोरोना संक्रमितको संख्या घट्दै गएको छ । जेठ ४ गतेपछि संक्रमितको संख्या निरन्तर ओरालो लागिरहेको छ ।

जिल्लामा शुक्रबार ३९९ जना संक्रमितले उपचार गराइहेका छन् । जसमध्ये १९९ संक्रमित आइसियूमा, ५५ संक्रमित भेन्टिलेरमा, ४३ संक्रमित एचडियूमा र १०७ संक्रमित साधारण बेडमा छन् ।

बैशाख ४ गते जिल्लाका विभिन्न अस्पतालहरुमा गरी ५३७ जना संक्रमितले उपचार गराएका थिए । त्यतिबेला आइसियूमा २५३ र भेन्टिलेटरमा ५२ जना संक्रमित थिए । भेन्टिलेटरमा उपचार गराउने संक्रमितको संख्या भने हालसम्म पनि लगभग स्थिर जस्तो देखिएको छ ।

जेठ १० गते ४७३ संक्रमितले उपचार गराएकोमा जेठ १३ गतेसम्म आइपुग्दा यो संख्या घटेर ४०६ पुगेको थियो । आइसियूमा राखेर उपचार गराउनुपर्ने विरामीको संख्या निरन्तर घट्दै गएको स्वास्थ्य कार्यालय चितवनको तथ्यांक छ ।

१० जना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा चितवनमा १० जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा नवलपरासीका ३ जना, चितवन र बाराका २÷२ जना र रौतहट, रुपन्देही र मकवानपुरका एक÷एक जना रहेका छन् ।

भरतपुर अस्पतालमा एक, चितवन मेडिकल कलेजमा पाँच, पुरानो मेडिकल कलेजमा तीन र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा ३५ जना संक्रमिन निको भएर घर फर्किएका छन् ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया