अर्थात् तेस्रो आँखा

अन‌ि यो पनि

महाभारत प्राचीन महाकाव्य जसका प्रत्येक श्लोक अर्थमूलक र जीवन उपयोगी छन्।अधिक सङ्ख्यामा पात्र तिनीहरुको पृथक भूमिकाले महाभारतको घटना कृतिमा केही जटिलता देखिएपनि वर्तमान समाजका सबै पात्र परिवेश घटनाको समेत ऐना मानिन्छ महाभारत। महाभारतका अन्य घटना परिवेश वृतान्त सबै जीवन उपयोगी रोचक हुँदाहुदै पनि कुरुक्षेत्रको घटनामा अर्जुन र भगवान श्रीकृष्ण बीचको सम्वाद महत्वपूर्ण मानिन्छ।घटनाको सार भागवत गीतालाई वेदको सार समेत भन्ने गरिन्छ। काव्यात्मक नाटकीय सम्वाद शैलीमा लेखिएको महाभारतमा रहेका पर्दा पछाडि र पर्दा अगाडिका सबै पात्रहरुमा केही न केही बिशेषता हामी सहजै बोध गर्न सक्छौ। अठार दिनसम्म चलेको कुरुक्षेत्रमा भएको कौरव र पाण्डवबिचको युद्धमा सामेल रहेका पात्रहरुको भूमिका अहिले पनि मानव जाति कै अध्ययनको बिषय बनिरहेको छ।

महाभारतमा पर्दा पछाडिका पात्र घटोत्कच र नागकन्या अहिल्यावतीका पुत्र भीमसेनका नाति बर्बरिकको कुरुक्षेत्रको युद्धको भूमिका रोचक अनुकरणीय र अनौठो रहेको पाइन्छ। भगवान शिवका भक्त बर्बरीले कठोर तपस्या कारण तीन अभेध्य बाण प्राप्त गरेका थिए। आमाको आग्रहलाई स्वीकार गर्दै बर्बरिक महाभारतको युद्धमा सहभागी भइ युद्ध हार्नेको पक्षमा लड्न चाहन्थे। भगवान श्रीकृष्णको प्रश्नमा भीष्मले २०दिन, दोर्णचार्यले २५दिन, महावीर कर्णले २४ दिन र धनुर्धर अर्जुनले २८ दिनमा युद्धको टुङ्गो लगाउन सक्ने प्रतिबद्धता व्यक्त गरेका थिए। युद्धमा बर्बरिकको उपस्थिति जटिलता बोध गरेका श्रीकृष्णले उनलाई युद्धमा सामेल गराउँदा आफ्नो भूमिकामा आँच पुग्ने सम्भावना देखे।

बर्बरिकको युद्ध सामथ्र्य आँकलन गरी उनको धारणा बुझ्न भगवान श्रीकृष्ण ब्राह्मण भेष धारण गरी बर्बरिकको निवासतर्फ हानिए। कुरुक्षेत्रको युद्धमा सामेल हुन घोडामा चढेर आएका बर्बरिकलाई श्रीकृष्णले बाटोमा भेटे। दुबैबीच लामो सम्बाद भयो। बर्बरिक शक्ति प्रर्दशन गर्न तयार भए। श्रीकृष्णको प्रश्नमा आफूले एक निभेषमा नै कुरुक्षेत्रको युद्ध सक्ने दाबी बर्बरिकको थियो। आफ्नो शक्ति प्रदर्शन गर्ने क्रममा भगवान शिवको कृपाबाट प्राप्त अभेध्य वाण निकाल्दै बर्बरिकले नजिकैको पिपलको बोटको सबै पात एकै प्रहारबाट बिच्छेद गर्न सक्ने बताए। सो बाण प्रहार गर्दा युद्धमा सबै शत्रु पक्ष एकै प्रहारमा नास हुने र युद्ध क्षणभर टुङ्गिने तर्क बर्बरिकले श्रीकृष्ण सामु राखे। भगवान श्रीकृष्णले बठ्याई गरी एउटा सग्लो पात पैतालामुनि राखिसकेका थिए। बर्बरीकले पिपलको बोट लक्षित गरेर बाण चलाए। सबै पात बिच्छेद भयो। श्रीकृष्णले पैतालामुनिको पात हेरे त्यो पनि बिच्छेदित अवस्थामा देख्दा बर्बरिकको शक्ति सहजै पहिचान गरे।

भेषधारी श्रीकृष्णले बर्बरिक सङ्ग बर माग्ने निधो गरे। बर्बरिक राजी हुँदा श्रीकृष्णले उनकै शिर मागे। विश्वस्वरुप प्रर्दशन गरिसकेका श्रीकृष्णको वर पुरा गर्न शर्त सहित राजी भए बर्बरिक । बर्बरीक मृत शरिरको दाहसस्कार श्रीकृष्ण स्वयंले गर्ने र कुरु क्षेत्रको युद्ध साक्षीको रुपमा हेर्न पाउनुपर्ने शर्त राखे। श्रीकृष्णले उनको शर्त पुरा गर्नु श्रेष्ठकर देखे किनकी उनको उपस्थितिले युद्ध जित्न कम्तीमा केही पाण्डुहरु युद्दमा ढलेको हुनुपर्ने छ जुन स्वीकार्य थिएन भगवान श्रीकृष्णलाई। बर्बरिकको मृत शरीर दाहसस्कार र उनको टाउको अग्लो पहाडको टाकुरामा राख्ने काम भगवान श्रीकृष्ण आफैले सम्पन्न गरे।

निरन्तर अठार दिनसम्म चलेको कुरुक्षेत्रको कौरव पाण्डव बीचको युद्ध सत्यका पक्षपाती पाण्डवहरुले जिते। युद्ध समाप्ति पछि योगदान भूमिकालाई लिएर अर्जुन, भीम, नकुल, सहदेव, भीष्मबीच विवाद उत्पन्न भयो। भगवान श्रीकृष्णले सबैलाई बर्बरिकको बारेमा बताउँदै उनको टाउको राखेको हिमालमा लगेर बर्बरिकलाई नै यसबारे बोल्न लगाए। बर्बरीकले युद्ध नगरी सारथी बनेर सत्यको पक्षमा युद्धमा सामेल हुने भगवान श्रीकृष्णमा सबै श्रेय जान्छ भन्ने उत्तरले पाण्डु पुत्रहरु तै चुप मै चुप भए।

हार्नेको पक्षमा उभिएर दुखी क्रोधित बन्ने र जित्नेको पक्षमा खडा भएर चाकारी चाप्लुसी गर्ने दुबै प्रवृत्ति खराब हुन्। राम्रो नराम्रो कुरूप, सुन्दर मिठो नमिठो जस्ता द्धैत मानसिकताले ग्रसित हुनु आध्यात्मिक उन्नयनको लागि बाधक मानिन्छ। चट्टान झै उभिएनु पर्ने सत्यको पक्षमा हो तर अहङ्कार लोभ डरका कारण बर्बरिक जस्तै हामी चुक्छौ। महाभारतको घटनालाई एक्लै प्रभाव पार्न सक्ने अथाह प्रतिभा लिएर पनि अहङ्कारी घमण्डी बन्दै शक्ति प्रदर्शन गर्ने लोभमा परेर बर्बरिक पर्दा पछाडि धकलिए। हामी आम मानव पनि धन दौलत रुप सौन्दर्य बिषय ज्ञान पद प्रतिष्ठा प्रदर्शन गर्दै अहङ्कारका कारण बर्बरिक जस्तै मुक्त पुरूष कहलाउनबाट चुक्छौ। समयमा नै ज्ञान योग साधना सत्कर्म सात्विक आहार सकरात्मक सोच आध्यात्मिक चिन्तन मानव सेवाको माध्यमबाट काम क्रोध लोभ मोह इन्द्रीय कर्मेन्द्रिय दासताबाट मुक्त बन्न सके जीवन सहजै धन्य बन्छ।

सहायक क्याम्पस प्रमुख सप्तगण्डकी बहुमुखी क्याम्पस ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया