रत्ननगर अस्पतालमा आइसियू र भेन्टिलेटर थप्न तीन करोड

अन‌ि यो पनि

चितवन, जेठ १४ । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा आइसियू र भेन्टिलेटर थप्न तीन करोड रुपैयाँ स्वीकृति दिएको छ । ५ वटा आइसियू बेड र २ थान भेन्टिलेटर थप गर्न बजेटको लागि मन्त्रालयले बजेट स्वीकृति दिएको हो ।

कोरोना महामारी फैलिरहँदा पूर्वी चितवनका चार पालिकाबासीले उपचार गराउँदै आएका रत्ननगर अस्पतालको लागि आइसियू र भेन्टिलेटर थप्न बजेट स्वीकृत भएको हो । रत्ननगर नगरपालिकाले कोरोना संक्रमितको उपचार गर्न अस्पतालमा १० बेडको आइसियू सेवा सञ्चालनका लागि बजेट माग गर्दै जेठ ३ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको थियो ।

अस्पतालले पनि १० बेडको आइसियू सेवा सञ्चालन गर्न आवश्यक पर्ने सामग्रीसहितको इस्टिमेट तयार गरेर मन्त्रालयमा पठाएको थियो । चितवन निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य सुरेन्द्र पाण्डेले जेठ ६ गते मन्त्रालयलाई पत्राचार गर्दै आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराइदिन आग्रह गरेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...