भरतपुरमा कक्षा ४ देखि ९ सम्म यसरी गरिँदै छ नतिजा प्रकाशन

अन‌ि यो पनि

चितवन, जेठ १४ । कोरोना महामारीका कारण भौतिक रुपमा विद्यालयमा उपस्थित भएर परीक्षा दिनसक्ने स्थिती नभएपछि भरतपुर महानगरपालिकाले दुई किसिमले विद्यार्थीहरुको मूल्यांकन गरेर नतिजा प्रकाशन गर्न  विद्यालयहरुलाई निर्देशन दिएको छ ।

कक्षा ४ देखि ९ सम्मका विद्यार्थीको सैद्धान्तिक र प्रयोगात्मक गरी दुई किसिमले मूल्यांकन गरेर नतिजा प्रकाशन गर्न महानगरले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई निर्देशन दिएको हो ।

विद्यालयले गरेको मूल्यांकन विवरणलाई प्रमाणित गर्न सम्बन्धित विद्यालयको प्रधानाध्यापकको अध्यक्षतामा तीन सदस्यिय मूल्यांकन समिति गठन गर्न सकिने व्यवस्था गरिएको छ ।

सैद्धान्तिक मूल्यांकन गर्दा विद्यालयले पाठ्यक्रम अनुसार यसअघि लिएका प्रथम त्रैमासिक परीक्षाबाट २० प्रतिशत र दोस्रो त्रैमासिक परीक्षाबाट ६० प्रतिशत अंक दिन भनिएको छ ।

त्यसैगरी, निरन्तर विद्यार्थी मूल्यांकन तथा अन्य आन्तरिक मूल्यांकनका आधारबाट २० प्रतिशत गरी जम्मा १०० प्रतिशतलाई विषयगत पूर्णाङकमा परिवर्तन गरी अन्तिम प्राप्तांक दिन भनिएको महानगरका नगरशिक्षा अधिकारी महेन्द्र प्रसाद पौड्यालले बताए ।

प्रयोगात्मक मूल्यांकन गर्दा विद्यालयले यसअघि सञ्चालन गरेका प्रयोगात्मक परीक्षाबाट विद्यार्थीले प्राप्त गरेको अंक चढाउन निर्देशन दिइएको छ । कक्षा ८ को हकमा परीक्षा आवेदन फारम भरेका विद्यार्थीहरुको पाठ्यक्रमले तोके बमोजिम मूल्यांकन बापतको अंक पठाउन भनिएको छ ।

अंक पठाउनका लागि महानगरले साधारण, संस्कृत र प्राविधिक तर्फका विद्यार्थीहरुको लागि छुट्टा–छुट्टै फारम पठाएको उनले बताए । कक्षा ८ का विद्यार्थीको प्राप्तांक जेठ २३ गतेभित्रमा महानगरको शैक्षिक प्रशासन महाशाखामा पठाउनुपर्ने छ । अन्य विद्यार्थीहरुको जेठ मसान्तसम्ममा नतिजा प्रकाशन गरिसक्नुपर्ने छ ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया