बाढी तथा पहिरोको जोखिम क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

अन‌ि यो पनि

चितवन, जेठ १४ । जिल्ला प्रशासन कार्यालय चितवनले बाढी तथा पहिरोको जोखिम क्षेत्रमा उच्च सतर्कता अपनाउन जिल्लाबासीलाई आग्रह गरेको छ ।

केहि दिन यता निरन्तर बर्षा भइरहेकाले नदि कटान, डुबान, बाढी र पहिरोको उच्च जोखिममा रहेका स्थान तथा वस्तीहरुमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले आज (शुक्रबार) एक सूचना जारी गरी नारायणी तथा राप्ती जस्ता ठूला नदि र साना खोलाहरुमा समेत पानीको सतह बढ्न गई आसपासका क्षेत्रहरु प्रभावित हुन सक्ने बताएका हुन् ।

आगामी एक÷दुई दिनसम्म अझै पानी परिरहन सक्ने अनुमान गरिएकाले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको उनले बताए ।

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया