चुल्हो निभेको मुग्लिन [कोरोना डायरी–१३]

अन‌ि यो पनि

मुग्लिन बजार २४ सै घन्टा चहलपहल हुने ठाउँ हो । के दिन के रात, यहाँ हर पल हरदम हल्लाखल्ला भइरहन्छ । मुग्लिन न रातमा निदाउँछ, न दिनमा आराम गर्दछ । मुग्लिन भात खान गाडीहरु रोकिने ठाउँ हो । नारायणगढ–मुग्लिन सडक हुँदै दैनिक १० हजार साना–ठूला गाडीहरु पोखरा र राजधानी सहर काठमाडौँ ओहरदोहर गर्दछन् । मुग्लिनको मीठो खान्कीमा लोभिएकाहरु यात्रा गर्दै यहाँ आएपछि आफैँ रोकिन्छन् । रोक्न मन नगर्ने गाडीलाई पनि रोकौँ, रोकौं र होटलभित्र पसेर खाना खाऊँखाऊँ भन्ने बनाउँछन् यहाँका व्यवसायीहरु । भात, तरकारी, चिया, नास्ता हरदम तयार हुन्छ । त्यसैले, मुग्लिनमा चुल्हो निभ्न पाउँदैन । तर, एक वर्षअघि अवस्था अर्कै थियो । यहाँका होटलको चुल्होमा कमिलाले गुँड बनाएका थिए । कुनै गाडीे होटलअगाडि आएर रोकिने हुन् कि भन्ने डरले डोरीले पार्किङ एरिया बारबेर गरिएको थियो ।

कुरो ठ्याक्कै एक वर्षअघिकै हो । अहिले कोरोनाको दोस्रो लहर आएर अवस्था निकै जटिल बनाइरहेको छ । अघिल्लो वर्ष यो समयमा कोरोनाको अवस्था यस्तो भयावह त थिएन, तर संख्या कम भए पनि त्रास अत्यधिक थियो । लकडाउन थियो । जोगिनुपर्दछ भनेर हरेकले हर सम्भव उपाय गरेका थिए । गत वर्ष वैशाख २२ गते नेपालमा कोरोना सङ्क्रमितको संख्या केवल ६९ थियो । भोलिपल्ट ८२ पुग्यो । वैशाख २४ सम्म कुल सङ्क्रमित संख्या ९९ थियो । दिनमा १० जना सङ्क्रमित भेटिए सातो जान्थ्यो । अहिले यो डायरी लेख्दै गर्दा यो वर्ष वैशाख २२ गते चितवनमा मात्रै सङ्क्रमण पुष्टि भएका १० जनाको निधन भएको छ । यसैदिन मात्र देशभर ५८ जनाको निधन भएको छ । सङ्क्रमित हुने संख्या दिनमै आठ हजार ६०५ पुगेको छ । तर, अहिले गत वर्षको जस्तो देशभर लकडाउन छैन । सीमित जिल्ला र क्षेत्रहरुमा निषेधाज्ञा छ ।

चितवनमा पनि कोरोनाको दोस्रो लहर बढेसँगै वैशाख १६ गते बिहीबार मध्यरातदेखि वैशाख ३१ गते मध्यरातसम्म निषेधाज्ञा लागेको छ । निषेधाज्ञाको अवस्था हेर्न यो पटक पनि सडकमा निस्कियौँ । वैशाख १७ गते मध्यान्ह नारायणगढबाट मुग्लिन हानियौँ । जलविरेको पुलनजिक टक्क अडियौँ । पुल तयार थियो । यो पुल भर्खर तयार भएको हो । अघिल्लो वर्ष पनि वैशाख २३ गते यो पुलनजिक पुगेका थियौँ । पुलको बीचको स्पान ढलान गर्ने तयारी हुँदै थियो । त्यो बेला हामीलाई नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले पुलको अवस्था र लकडाउनका कारण भोग्नु परेको दुर्दशा बताएका थिए । असारसम्म सक्नुपर्ने पुलको त्यो बेला ६२ प्रतिशत काममात्रै भएको थियो । ५५ जना कामदार चाहिने तर १५ जनाले मात्रै काम गर्दै थिए । त्यो पुल तयार भएर यही वैशाखबाट बल्ल गाडी चल्न थाल्यो ।

त्यसदिन पुलभन्दा अझै अगाडि मुग्लिन बजारसम्म गइयो । होटल सञ्चालकहरुसँग गफ गर्न सजिलो होला जस्तो देखिएन । अगाडि झुक्किएर पनि गाडी नरोकून् भनेर डोरी टा“गेर स्थानीयले छेकबार नै लगाएका थिए । त्यसैले, मुग्लिन बस्ने पत्रकार साथी रोहिणी त्रिपाठीलाई अगाडि लगायौँ । ‘अरु बेलाजस्तो हैन, रोगको महामारी हो । त्यसैले जोगिएर नै बस्न खोजेको’, होटल सञ्चालक शर्मिला गौचनले कुरा सुरू गरिन् । शर्मिलाले मुग्लिन बजारमा ‘रूप्से होटल’ चलाउँछिन् । रूप्से छिरेर एकपटक खाना खाएको मान्छेले मुग्लिन आउजाउ गर्दा त्योभन्दा अन्य होटल सायदै रोज्ला । तर, त्यसदिन समाचारका लागि कुरा गर्न होटल खोल्नू न भन्दा पनि शर्मिलाले निकै गाह्रो मानिन् । खाना खान खोज्नेहरुले त चिहाउन पनि पाउ“दैनन् ।

‘चिनेका मान्छे थुप्रै छन् । एकाध त अहिले पनि यो बाटो हिँड्छन नि । उनीहरुले फोनै गरेर लौ न खाना बनाइदिनुप¥यो भनेर अनुरोध गर्छन् । हामीले अहिलेलाई सरी भन्ने गरेका छौँ’, शर्मिलाले सुनाइन् । यसरी होटलको चुल्हो नै नबालेर कति समय धान्ने भन्ने पिरोलो पनि थपिएको थियो । आफ्नै घरमा होटल राखेका सञ्चालकलाई भन्दा भाडामा होटल चलाउनेहरु बढी चिन्तित देखिए । थकाली धौलागिरि होटलका सञ्चालक सानु शेरचनका सासूससुराले वर्षौंदेखि मुग्लिनमा होटल चलाउ“दै आएका थिए । विदेश गएका श्रीमान् फर्केपछि विसं २०६१ सालदेखि उनीहरु आफैँले मुग्लिन बजारमा थकाली खाना खाने होटल सुरू गरे । उनीहरुले घर भाडामा लिएर होटल चलाए । ठाउ“ फेर्दै फेर्दै उनीहरुले ७६ सालको कार्तिकदेखि नया“ ठाउ“मा घरभाडा दिएर होटल सुरू गरेका थिए । जसको भाडा महिनाको ६५ हजार रूपैया“ तिर्नुपर्दछ ।

‘लकडाउन चैत्र ११ गतेबाट सुरू भयो । तर, भाइरस देखियो भनेपछि फागुनबाटै मान्छेहरु आउन कम भएको थियो । हामी होटल चलाउनेहरु साह्रै मर्कामा परेका छौँ’, सानुले भनिन् । ढिलो–चाँडो लकडाउन खुले पनि होटल खोल्ने÷नखोल्ने अन्योलमा उनीहरु थिए । होटल खोल्दा जो पनि खाना खान आउने भए । को सङ्क्रमित हुन् वा होइनन् चिन्न सकिन्न । ‘तर भाडा त तिर्नुप¥यो । घरभाडा लिन पाइन्न रे भन्ने कुरा नसुनेको हैन, तर पक्का कुरा के हो थाहा छैन । कामदार छन् । उनीहरुलाई खुवाउनुप¥यो, होटल चलेन भनेर तलबै नदिने कुरा पनि भएन । खै के–कसरी चल्ने हो’, सानुले दिक्दार हु“दै भनेकी थिइन् । मुग्लिनमा मुस्ताङका थकालीहरु नै आएर खाना खुवाउने होटल राख्न सुरू गरेका हुन् । अहिले थकाली समुदायभन्दा अन्यका होटल धेरै छन् ।

मुग्लिनमा खाना खाने होटलको सुरूवात कसरी भयो ? हामीले त्यो पनि बुझ्न थाल्यौँ । तेजबहादुर शेरचन मुग्लिनका होटल व्यवसायी हुन् । उनले विसं ५७ सालमा ‘थ्री सिस्टर होटल’ खोले । मुस्ताङ, थासाङ टिटी गाउ“बाट आएर उनका बाबुआमाले मुग्लिनमा त्योभन्दा पहिल्यै ४२ सालमा रचना होटल खोलेका थिए । तेजबहादुरका बाबुआमाले खोल्नुभन्दा पनि वर्षौं पहिलेबाटै मुग्लिनमा थकाली समुदायकाहरुले होटल व्यवसाय सुरू गरेका थिए । तेजबहादुर आफैँ पुराना व्यवसायी त त्यत्ति नहोलान्, तर उनलाई पुराना कुरा भने थाहा रहेछ ।

उनले सुनाएको मुग्लिनको होटल इतिहास यस्तो छ : मुस्ताङ थाकखोलाबाट पोखरा, पोखराबाट जहाजमा भरतपुर र भरतपुरबाट हेटौँडा हु“दै २६ सालमा मुग्लिन आएका सिद्धिप्रसाद शेरचन र पदमकुमारी शेरचनले मुग्लिनमा होटल व्यवसाय सुरू गरे । त्यसपछि मुस्ताङबाट एकपछि अर्को गर्दै थकाली सुमदायका व्यक्तिहरु आएर होटल खोल्न थाले । मुग्लिनको पुरानोमध्येको ‘आमा होटल’ पनि हो । अहिले सो होटल ५७ वर्षीया नानीमाया गौचनले चलाउ“छिन् । ‘खै कहिले खुलेको हो मिति त बिर्सें । आमाले खोलेको होटल हो । हामीले सम्झेअनुसार यो होटल खुल्दा मुग्लिन–नारायणगढ जाने बाटो नै खुलेको थिएन । नारायणगढतिरबाट मान्छेहरु हि“ड्दै आउ“थे । पोखरा–काठमाडौँ जानेहरु खाना खान यहीँ रोकिन्थे’, नानीमायाले पुराना दिन सम्झिन् । त्यो बेला मुग्लिनभरि खरले छाएको छाप्रामा २० वटाजति खाना खुवाउने होटल रहेको उनले बताइन् ।

नारायणगढ–मुग्लिनको बाटो बन्यो । मान्छेहरु थपिए । होटलहरु बढे । मुग्लिन बजारको रुपरंग, स्वरुप, आकार सबै फेरियो । ‘तर, अहिलेको जस्तो सङ्कट कहिल्यै आएको थिएन । जनयुद्धका बेला सङ्कटकालमा राति बन्द गर्नुपर्दथ्यो । जनआन्दोलनका बेलामा पनि दुःख नभएको हैन । भूकम्पमा पनि सङ्कट नै थियो । मान्छेभन्दा परपर बस्नुपर्ने यस्तो खाले सङ्कट थिएन’, उनले भनिन् । थकाली खानाको स्वादमात्रै हैन, मुग्लिनमा शाकाहारी होटल र मिठाई पसल पनि खुल्न सुरू भए । भारत मोतिहारीका अजय गुप्ताले मुग्लिनमा नारायण बिकानेरी मारवाडी भोजनालय खोलेको ३५ वर्ष भएको रहेछ । हामीसँग कुरा गर्न चितवन होटल संघ मुग्लिन इकाइका अध्यक्ष नारायणप्रसाद पाण्डे पनि आए । उनका अनुसार मुग्लिनमा चिया पसलहरु समेत जोड्दा १८० भन्दा धेरै होटल रहेछन् । खाना खुवाउने होटल ८० वटा छन् । थकालीका होटल २० को हाराहारीमा छन् ।

यी सबै होटल काठमाडौँ–पोखरा ओहोरदोहोर गर्ने यात्रुका आधारमा चल्छन् । ‘अब यात्रु नै छैनन्, हाम्रो व्यवसाय के भएको होला तपाईं अन्दाज लगाउनुस्’, पाण्डेले निराश हुँदै भने । होटल, चिया पसलस“गै मुग्लिनआसपासका गाउ“मा तरकारी र दूध व्यवसाय फस्टायो । मुग्लिननजिकका पहाडी गाउ“ तामिन, लामिडा“डा, नेवारे, पामडा“डामा तरकारीखेती मौलाउ“दै गयो । मुग्लिनले यी गाउ“लाई पनि उकास्यो । गोविन्द साहले मुग्लिन बजारमा तरकारी पसल खोलेको ३२ वर्ष भएको रहेछ । उनले दिनकै १०÷१२ क्विन्टल तरकारी बिक्री गर्दथे रे । एक–दुई क्विन्टलबाहेक अरु सबै मुग्लिनवरपरका गाउ“को उत्पादन हुन्थ्यो । हामीले भेट्दाको दिन उनलाई एक क्विन्टल तरकारी बिक्री गर्न पनि गाह्रो भएको थियो । तरकारी गाउ“मै नोक्सान हुन थालेछ । मुग्लिनमा चुल्हो निभ्दा यसको असर वरपरका गाउ“मा पनि परेको पत्रकार साथी रोहिणी त्रिपाठीको निष्कर्ष थियो । तर, यो पटक निषेधाज्ञा नियाल्दै हामी मुग्लिन कटेर कुरिनटार र चुम्लिङटारसम्म पुग्यौँ । त्यो बेलाको जस्तो सुनसान थिएन यो बेला मुग्लिन ।

[email protected]

प्रतिकृया

मुख्य समाचार

दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर निर्माण हुने

माडी । माडी नगरपालिका वडा नं–१, बनकट्टाकी महिला नेतृ सीता तिमिल्सिनाले आफ्ना दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया