राममन्दिरबाट मूर्ति चोरी

अन‌ि यो पनि

पार्वतीपुर । भरतपुर महानगरपालिका–२१, पाहारिलोटारमा रहेको श्रीराम मन्दिरमा रहेका ऐतिहासिक मह¤वका मूर्ति बुधबार राति चोरी भएको छ ।

मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष भवानी पोखरेलले दिएको जानकारीअनुसार मन्दिरमा रहेका राम, सीता, लक्ष्मण र राधाको मूर्ति चोरी भएको हो, तर मन्दिरमा भएको हनुमान र कृष्णको मूर्ति भने चोरी भएका छैनन् ।

बुधबार साँझ मन्दिरमा पूजा गरेर फर्किएर फेरि बिहीबार बिहान धूप–आरती गर्न जाँदा मूर्ति हराएको पत्ता लागेको मन्दिरका पूजारी नेत्रनाथ सापकोटाले जानकारी दिए । मन्दिरको ढोका तोडफोड गरी मूर्ति चोरी भएको पूजारी सापकोटाले बताए ।

श्रीराम मन्दिरबाट गत वर्ष पनि पुराना मुद्राहरु चोरी भएका थिए । गत वर्ष पनि निषेधाज्ञाको समयमा पश्चिम चितवनका विभिन्न वडाहरुमा चोरको बिगबिगी बढेको र त्यस समयमा पनि कृषकले पालेका बाख्राहरु रातको समयमा चोरी भएको वडाध्यक्ष चित्रसेन अधिकारीले बताए । सबैलाई सचेत रहनसमेत वडाध्यक्ष अधिकारीले आग्रह गरेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...