बघौडा अस्पताललाई अक्सिजन कन्सन्टे«टर सहयोग

अन‌ि यो पनि

भरतपुर । रोटरी क्लब अफ नारायणगढ र बेलायतका दुईवटा रोटरी क्लबहरुले चितवनको माडीस्थित बघौडा अस्पताललाई अक्सिजन कन्सन्टे«टर मेसिन सहयोग गरेका छन् । माडी नगरपालिकाकी उपमेयर ताराकुमारी काजी महतोमार्फत ठूला क्षमताका पाँचवटा अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरिएको हो ।

रोटरी क्लब अफ नारायणगढ र बेलायतको रोटरी क्लब अफ लिमाभाडी एवं रोटरी क्लब अफ लन्डन डेर्रीले पाँच लाख २५ हजार रूपैयाँ मूल्यबराबरका २० वटा सिलिन्डरलाई पुग्ने क्षमतायुक्त पाँच थान अक्सिजन कन्सन्टे«टर मेसिन सहयोग गरेका हुन् ।

माडी क्षेत्रमा कोरोनाका बिरामीहरु बढ्दै गएको र माडी उपत्यकाकै मह¤वपूर्ण स्वास्थ्यकेन्द्र बघौडा अस्पतालले सङ्क्रमितको उपचारका लागि छुट्टै आइसोलेसन तथा फिभर क्लिनिक सञ्चालन गरेको सन्दर्भमा सो सहयोग प्रदान गरिएको नारायणगढ रोटरी क्लबका सर्भिस प्रोजेक्ट डाइरेक्टर ई. गुणेश्वर महतोले जानकारी दिए ।

यसैबीच, उपमेयर महतोको उपस्थितिमा ई. महतो सम्मिलित पहल नामको गैरनाफामूलक कम्पनीले माडी नगर क्षेत्रमा रहेका ६ वटा एम्बुलेन्सका चालकहरुलाई पिपिईलगायतका सुरक्षा सामग्री सहयोग गरेको छ । एम्बुलेन्स चालकहरुका लागि पिपिई, साबुन, मास्क, स्यानिटाइजर, टुथपेस्ट, ब्रस, ग्लोब्स आदि सामग्री प्रदान गरिएको इन्जिनियर महतोले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

पोखरालाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर

पोखरा । पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई बिहीबार पाँच थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको छ । कोभिड–१९ राहत सहयोग समितिको पहल...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया