भत्केको संरचना पन्छाएपछि हट्यो बाढीको त्रास

अन‌ि यो पनि

भरतपुर । पुलको भत्केका संरचना हटाउन थालेपछि भरतपुर–१, ठिमुरा र देवघाट क्षेत्रमा बाढीको त्रास हटेको छ । ठिमुरा पुल भत्कँदा खसेका स्ल्यावहरु हटाउने काम भएको छ । अझै केही संरचना हटाउन बाँकी रहेको तर नियमित वर्षा हुनुअघि त्यो संरचना पनि हटाइने सडक कार्यालयले जनाएको छ । हालका लागि भने सम्भावित बाढीको जोखिम टरेको इन्जिनियरहरुको भनाइ छ ।

‘बाँधजस्तै बनेर बसेका स्ल्यावहरु हटाउने काम भएको छ’, पुल निर्माण गर्ने डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने, ‘अबको केही दिनमा सबै संरचना हटाएर सक्ने गरी काम भएको छ ।’ पुल भत्केर बाँधजस्तो संरचना बनेपछि बर्सादको समयमा बाढीको जोखिम हुने भन्दै स्थानीय चिन्तित थिए । ठेकेदार पक्षले फलाम, क्रङ्किटलगायतका संरचना त्यहाँबाट उठाएर ठिमुरातर्फ उपल्लो भागमा राखेको छ ।

वैशाख १६ गते भरतपुरमा बसेको सर्वपक्षीय बैठकले पुलको भत्किएको संरचना हटाउन ठेकेदार पक्षलाई निर्देशन दिएको थियो । निर्देशन पाएको केही दिनबाट संरचना हटाउन मेसिन र श्रमिक दुवै प्रयोग भएको थियो । कङ्क्रिट स्ल्यावहरु भएकाले मेसिनले काटेर टुक्रा बनाई हटाउन थालिएको थियो । दुई सय मिटर लम्बाइको पुलमा चारवटा स्पान छन् ।

संरचना नभत्काई हालकै अवस्थामा राखिए त्यसले बाढीजन्य विपत्ति निम्त्याउने भन्दै सर्वपक्षीय बैठकको नेतृत्व गरेको जिल्ला समन्वय समिति चितवनका संयोजक कृष्णकुमार डल्लाकोटीले तत्काल संरचना हटाउन निर्देशन दिइएअनुसार हाल काम भइरहेको बताए । निर्माण व्यवसायी प्रतिनिधि योगेन्द्रप्रसाद कँडेलले आफूहरुले तत्काल भत्केको संरचना हटाउने तर निषेधाज्ञाको समयमा प्रशासनको सहयोग आवश्यक रहेको बताएका थिए ।

बर्सादको समय नजिकिएकाले हाल भत्केको अवस्थामा रहेका संरचनाहरु तत्काल हटाउन ठेकेदार पक्षलाई निर्देशन दिइएअनुसार हाल संरचना हटाउने काम भइरहेको पुल निर्माण समितिका अध्यक्ष टंकनाथ पौडेलले बताए । नदीको आधा भागसम्म पुरेर आधा भागमात्रै नदी बगेको छ ।

२० दिनको अन्तरालमा चैत २४ र वैशाख १२ मा दुईपटक पुल भत्किएको थियो । दोस्रोपटक भत्किँदा ३ जना मजदुरको मृत्यु भएको हो ।

पहिलोपटक भत्किएपछि स्ल्यावहरु नपन्छाई स्टीलको स्पानतिरको काम सुरू भएको थियो । सुरूको सम्झौताअनुसार तीन वर्षअघि नै काम सकिनुपर्ने पुल ४ पटकसम्म म्याद थप भइसकेको छ । यो पुल निर्माणको ठेक्का इलाइट र एड्भेञ्चर इन्द्रेणीले संयुक्तरुपमा लिएका हुन् । दुई दिनसम्म पहाडी भेगमा निरन्तर पानी पर्दा त्रिशूली नदीको सतह बढेको हो ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया