निषेधाज्ञा अवज्ञा गर्ने ३२२ पसल सञ्चालक कारबाहीमा

अन‌ि यो पनि

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लामा हालसम्म निषेधाज्ञा अवज्ञा गरेका ३२२ पसलका सञ्चालकहरुलाई कारबाही गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १६ गते मध्यरातबाट जिल्लामा निषेधाज्ञा लगाएको हो ।

‘निषेधाज्ञा सुरू भएदेखि हालसम्म ३२२ वटा पसलका सञ्चालकलाई हामीले कारबाही गरी जरिवाना गरेका छौँ’, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले भने, ‘कारबाहीमा पर्नेमा किराना पसल, कपडा पसल, फेन्सी पसल, हार्डवेयरका पसलहरु लगायत छन् । उनका अनुसार निषेधाज्ञा अवज्ञा गर्ने अधिकांश पसल सञ्चालक नारायणगढ र भरतपुरका हुन् ।

निषेधाज्ञाको अवधिमा लुकीछिपी पसल खोल्ने सञ्चालकहरुलाई चितवन प्रहरीले कारबाही गर्दै आएको छ । प्रहरीका अनुसार तोकिएको समयभन्दा बढी समय पसल खोल्ने किराना पसलहरु पनि कारबाहीमा परेका छन् ।

निषेधाज्ञाको अवधिमा दुईपाङ्ग्रे र चारपाङ्ग्रे गरी ७ हजार ३७३ सवारीसाधनका सञ्चालकलाई पनि चितवन प्रहरीले कारबाही गरेको छ । प्रहरी प्रवक्ता थापाका अनुसार अत्यावश्यकमा नपरेका सवारीसाधन चलाइएको हुँदा धनीलाई कारबाही गरी जरिवाना लगाइएको हो ।

चितवन प्रहरीले निषेधाज्ञाको अवधिमा अवज्ञा गरेका पसल र सवारीसाधनबाट २० लाख ८२ हजार पाँच सय रूपैयाँ राजस्व संकलन गरेको छ । यस्तै, प्रहरीले अत्यावश्यक काम नपरी हिँडेका ११ हजार ७२० जनालाई चेतावनीका साथ होल्डिङमा राखेर छोडेको छ ।

 

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया