रत्ननगरका दुई स्वास्थ्य संस्थालाई स्वास्थ्य सुरक्षा सामग्री

अन‌ि यो पनि

रत्ननगर । रत्ननगरका दुई स्वास्थ्य संस्थालाई बुधबार स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ । सामुदायिक सहयोग केन्द्र नेपाल बछौलीले रत्ननगर अस्पताल र बछौली स्वास्थ्यचौकीलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको हो ।

केन्द्रले रत्ननगर अस्पताललाई दुई लाख २० हजार र बछौली स्वास्थ्यचौकीलाई ४५ हजारबराबरको पिपिई, मास्क, स्यानिटाइजर, ग्लोब्स, अक्सिमिटर हस्तान्तरण गरेको व्यवस्थापक दीपेन्द्र खरेलले जानकारी दिए ।

रत्ननगर अस्पतालमा आयोजित कार्यक्रममा केन्द्रका सचिव ऋषिराम सुवेदी, कोषाध्यक्ष गुणराज थपलिया, सदस्य भगवती थापाले रत्ननगरकी उपमेयर विमला दुवाडी र अस्पतालका अध्यक्ष गोपाल कर्माचार्यलाई सामग्री हस्तान्तरण गरेका थिए ।

यता, बछौली स्वास्थ्यचौकीमा आयोजित कार्यक्रममा संघका उल्लेखित पदाधिकारी तथा सदस्यहरुले स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं–६ का वडाध्यक्ष बलराम दाहाल र स्वास्थ्यचौकी प्रमुख केशव पौडेललाई सामग्री हस्तान्तरण गरेका थिए ।

सो अवसरमा वडाध्यक्ष दाहालले कोरोना सङ्क्रमणको दर बढ्ने क्रममा रहेकाले सकभर घरमै बस्न वडावासीलाई आग्रह गरे । ‘सकभर घरमै बस्नुहोस्’, उनले भने, ‘निस्किनै परे पनि सुरक्षाका सामग्री प्रयोग गरेरमात्रै घरभन्दा बाहिर जानुहोला ।’

उता, अस्पतालमा भएको कार्यक्रममा उपमेयर दुवाडीले रत्ननगर अस्पतालमा कोरोना सङ्क्रमितको उपचार गर्ने गरी तयारी गरिएको बताइन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...