जातीय विभेदविरूद्धको घटनामा दलित पत्रकार संघ चितवनको ध्यानाकर्षण

अन‌ि यो पनि

चितवन, १३ जेठ । चितवनको राप्ती नगरपालिका वडा नं ९ मा गत मंगलबार भएको जातीय विभेदको अमानवीय घटनाप्रति राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला कार्यसमिति चितवनले एक विज्ञप्ति जारी गर्दै भत्र्सना गरेको छ । संघका अध्यक्ष अमिर रामदामले बिहीबार विज्ञप्ति जारी गर्दै घटनाको छानबिन, पीडितलाई न्याय र पीडकलाई कानुन बमोजिमको कारबाहीको माग गरेका छन् ।

जेठ ११ गते मंगलबार चितवन जिल्ला राप्ती नगरपालिका वडा नं ९ का सेते श्रेष्ठकी श्रीमती चिनीमाया श्रेष्ठ र उनका छोरा राजकुमार श्रेष्ठले सोही स्थानकी कल्पना परियार र उनका छोरा अमृत परियारमाथि जातीय गाली गलौज गर्दै कुटपिट गरेको घटनाप्रति राष्ट्रिय दलित पत्रकार संघ, नेपाल जिल्ला कार्यसमिति चितवनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञप्तिमा पीडित परिवारलाई न्याय, पीडकलाई संविधानको धारा १६ बमोजिम सम्मानपूर्वक बाँच्न पाउने हक, धारा १८ बमोजिम समानताको हक, धारा २४ बमोजिम छुवाछूत तथा भेदभावविरूद्धको हकको सुनिश्चितता र जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ अनुसार कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गरिएको छ ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया