दस लाख बराबरको ट्राफिक उपकरण हस्तान्तरण

अन‌ि यो पनि

भरतपुर । बागमती प्रदेश प्रहरी कार्यालयको पहल तथा बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयको समन्वयमा यातायात व्यवस्था तथा भौतिक पूर्वाधार मन्त्रालय, बागमती प्रदेश, यातायात व्यवस्था सेवा कार्यालयद्वारा चितवन तथा मकवानपुरको ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणको लागि ट्राफिक उपकरण हस्तान्तरण गरिएको छ ।

वितरित सामग्रीमा चार थान ब्रेथलाइजर, २० थान म्याजिक लाइट, २० थान ह्वील लक, ७७ थान फ्लोरोसेन्ट ज्याकेट, चार थान बेरिकेड, दुई थान बडी ओर्न क्यामेरा, ४० थान पिभिसी कोण गरी जम्मा १० लाख रुपैयाँ बराबरको सामग्री यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख सुरज उप्रेतीले बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालालाई हस्तान्तरण गरेका हुन् ।

ट्राफिक सामाग्री हस्तान्तरण कार्यक्रममा प्रहरी उपरीक्षक कोइरालाले यस्ता आधुनिक उपकरणहरुले ट्राफिकको काम-कारबाहीलाई पनि प्रविधिमैत्री र सहज बनाउन मद्दत पुग्ने बताए ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया