४०६ जना संक्रमित चितवनका अस्पतालमा : ५४ जना भेन्टिलेटरमा, २१० जना आइसियूमा

अन‌ि यो पनि

चितवन १३ जेठ । चितवनका अस्पतालमा हाल ४०६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। तीमध्ये ५४ जना भेन्टिलेटरमा छन् भने २१० जना आइसियूमा छन्। ३९ जनाको भने एचडियूमा उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। बाँकी १४९ जनाको जनरल वार्डमा उपचार भइरहेको छ।

अस्पताल भर्ना भएका संक्रमितमध्ये भरतपुर अस्पतालको आइसियूमा २२ जना र एचडियूमा २३ जनासहित १२० जना, चितवन मेडिकल कलेजको भेन्टिलेटरमा २९ र आइसियूमा १०१ जनासहित ११२ जना, पुरानो मेडिकल कलेजमा २५ जना भेन्टिलेटरमा, ७१ जना आइसियूमा र तीनजना एचडियूमा गरेर ७५ जना, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आइसियूमा आ७ जना र इचडियूमा दुईजनासहित २६ जनाको उचार भइरहेको छ।

यस्तै जिल्लाका अन्य निजी अस्पतालको आइसियूमा आठजनासहित २३ जनाको उपचार भइरहेको छ। स्थानीय तहले सञ्चालन गरेको आइसोलेसन केन्द्रहरुमा पनि संक्रमितको उपचार भइरहेको छ। बिहीबारको तथ्यांक हेर्दा भरतपुर महानगरपालिकामा आठजना, माडी नगरपालिकामा पाँचजना, रत्ननगर नगरपालिकामा दुईजना, खैरहनी नगरपालिकामा तीनजना, कालिका नगरपालिकामा एक जना र इच्छाकामना गाउँपालिकामा पाँचजना संक्रमितको उपचार भइरहेको छ।

नौ जनाको मृत्यु, ३० जना ‘डिस्चार्ज’

चितवनका अस्पतालमा बिहीबार नौ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा चितवनका दुईजना छन् भने बाँकी बाहिरी जिल्लाका छन्। चितवनका दुईजनाको भरतपुर अस्पतालमा मृत्यु भएको हो। यस्तै भरतपुर अस्पतालमै नवलपरासीका एक जनाको पनि मृत्यु भएको छ।

चितवन मेडिकल कलेजमा रुपन्देहीका एक जना, पुरानो मेडिकल कलेजमा नवलपरासीका दुई जना र धादिङका एक जना गरी तीनजनाको मृत्यु भएको छ भने वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बारा र लम्जुङका एक/एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

यस्तै बिहीबार चितवनका अस्पतालबाट ३० जना ‘डिस्चार्ज’ भएका छन्। भरतपुर अस्पतालबाट १३ जना, चितवन मेडिकल कलेजबाट ११ जना, पुरानो मेडिकल कलेज र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट तीन/तीन जना कोरोना संक्रमणमुक्त भएर घर गएका हुन्।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया