गाँजा बोकेको भारतीय ट्रकसहित युवक पक्राउ

अन‌ि यो पनि

भरतपुर । बिहीबार दिउँसो २ः४५ बजेको समयमा गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लागूऔषध गाँजा ओसारपसारमा संलग्न भारतीय ट्रकसहित एक युवालाई पक्राउ गरेको छ ।

चितवनको राप्ती नगरपालिका वडा नं १ स्थित प्रहरी बिट लोथरबाट एनएल ०१ एन ५८६७ नम्बरको भारतीय ट्रकमा लुकाइ छिपाइ २७० केजी गाँजा ओसारपसारमा संलग्न भारतको पूर्वी चम्पारण घर भएका २५ वर्षीय पिन्टु कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बरामद गाँजा वीरगन्ज हुँदै भारततर्फ लैजान लागेको भन्ने खुलेको र उक्त घटनामा संलग्न व्यक्तिहरुको सम्बन्धमा पनि अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया