नदीजन्य पदार्थको अवैध उत्खनन गर्ने ट्रयाक्टरसहित छ जना पक्राउ

अन‌ि यो पनि

भरतपुर । प्रहरीले अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने छ वटा ट्याक्टरसहित चालकहरुलाई पक्राउ गरेको छ ।

बुधबार बिहान १० बजेको समयमा इच्छाकामना गाउँपालिका ७ स्थित भोटीखोलामा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गरेका ६ वटा ट्रयाक्टरसहित चालकलाई नियन्त्रणमा लिई जिल्ला समन्वय समिति चितवनमार्फत प्रति ट्रयाक्टर १० हजार रुपैयाँ जरिवाना गरी छाडिएको प्रहरीले जनाएको छ ।

ना ५ त ५२८६ नम्बरको ट्रयाक्टर चालक कालिका नगरपालिका २ का २१ वर्षीय सन्देश तामाङ, लु ४ त नम्बर नखुलेको ट्रयाक्टरका चालक कालिका ३ का विनोद तामाङ, ना ५ त ८१९० नम्बरको ट्रयाक्टरका चालक इचछाकामना ७ का २१ वर्षीय खड्कसिंह मोक्तान, ना ५ त ८४८२ नम्बर ट्रयाक्टरका चालक इच्छाकामना ७ का ३१ वर्षीय रामलाल तामाङ, ना ७ त ६२९८ नम्बरको ट्रयाक्टरका चालक कालिका ३ का २१ वर्षीय सरोज चौधरी र ना३ त ५०११ नम्बरको ट्रयाक्टरका चालक कालिका २ का २८ वर्षीय श्यामकुमार गुरौलाई जरिवाना गरी छाडिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया