चितवनमा कोरोना : बिहीबार थपिए ६५ जना

अन‌ि यो पनि

चितवन १३ जेठ । चितवन जिल्लामा बिहीबार ६५ जना नयाँ संक्रमित थपिएका छन्। भरतपुर महानगरपालिकामा ४० जना, खैरहनी नगरपालिकामा पाँच जना, माडी नगरपालिकामा एक जना, रत्ननगर नगरपालिकामा चार जना, राप्ती नगरपालिकामा ६ जना र कालिका नगरपालिकामा तीन जनालाई संक्रमण देखिएको हो। तीमध्य भरतपुर र माडी नगरपालिकाका तीन/तीन जना एन्टिजेन परीक्षणबाट कोरोना देखिएको हो।

बिहीबार थपिएको संख्यासँग चितवनमा हालसम्म कोरोना संक्रमितको कुल संख्या १३ हजार २११ जना पुगेको छ। तीमध्ये चार हजार ९२४ जना विभिन्न आइसोलेसनमा रहेर उपचार सेवा लिइरहेका छन्। आइसोलेसनमा रहेकाहरुमा पनि अस्पतालमा १६१ जना, पब्लिक आइसोलेसनमा १५ जना र बाँकी चार हजार ७४८ जना होम आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। चितवनमा बिहीबार दुई जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्।

प्रतिकृया

मुख्य समाचार

बागमती सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन, ४ असार । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले यहाँको स्वास्थ्य कार्यालयलाई ३० प्रकारका औषधिसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया