स्वमूल्याङ्कनमा राप्ती जिल्लामै दोस्रो, सहकार्य र न्यायमा शत प्रतिशत

अन‌ि यो पनि

रत्ननगर, १३ जेठ  । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजामा चितवनको राप्ती नगरपालिका प्रदेशमै राम्रो नगरपालिकामा पर्न सफल भएको छ । चितवनको एकमात्र महानगरपालिका भरतपुरलाई उछिन्दै जिल्लाकै कान्छोमध्येको एक राप्ती प्रदेशमा राम्रो र जिल्लामा दोस्रो हुन सफल भएको हो ।

स्वमूल्याङ्कनमा ७६.७५ प्रतिशत अंक प्राप्त गरेको राप्तीले समग्र स्थितिमा ७९.७६ प्रतिशत, प्रक्रियागत स्थितिमा ६७.६५ प्रतिशत र परिमाणात्मक स्थितिमा ८२.२२ प्रतिशत अंक ल्याउन सफल भएको छ । १० वटा विषयगत शीर्षकमध्ये सो नगरपालिकाले दुई वटा शीर्षकमा शत प्रतिशत अंक प्राप्त गर्न सफल भएको छ भने चार वटा शीर्षकमा ८० प्रतिशत बढी अंक प्राप्त गरेको छ । तीन वटा शीर्षकमा ६० प्रतिशत कम र एउटामात्र शीर्षकमा ५० प्रतिशत अंक प्राप्त गरेको मन्त्रालयले जनाएको छ ।

राप्तीले प्रशासकीय प्रबन्धमा ८८.८९ प्रतिशत, संगठन तथा प्रशासनमा ८७.५ प्रतिशत, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ५९.०९ प्रतिशत, वित्तीय तथा आर्थिक व्यवस्थापनमा ८७.३६ प्रतिशत, सेवा प्रवाहमा ९६.८८, प्रतिशत, न्यायिक कार्यसम्पादनमा शत प्रतिशत, भौतिक पूर्वाधार विकासमा ५७.६९ प्रतिशत, सामाजिक समावेशीकरणमा ५७.५ प्रतिशत, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ४४.४४ प्रतिशत र सहकार्य र समन्वयमा शत प्रतिशत अंक प्राप्त गरेको छ ।

राप्तीले सम्पूर्ण निर्णयहरु सर्बसम्मत गर्ने गरेको, अहिलेसम्म पुनराबेदन नपरेको र चकलेट कारखानाको लागि डिपिआर बन्ने क्रममा रहेको विषयलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको छ । सो नगरपालिकाकी मेयर प्रभा बरालले कमिकमजोरीलाई सुधार गर्दै आगामी आर्थिक वर्षको काममा नगरपालिकालाई उत्कृष्ट बनाउने गरी काम गर्ने बताइन् ।

मन्त्रालयको तर्फबाट भएको मूल्याङ्कन सही रहेको भन्दै मेयर बरालले पहिलो प्रयास भएका कारण अपेक्षाकृत शीर्षकका अंक कम भएको बताइन् । विपद् व्यवस्थापन कार्यविधि र विपद् जोखिम न्यूनीकरण नक्साङ्कन नगरिएका कारण अंक कम आएको उनको भनाइ छ ।

 

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया