रत्ननगर । लागूऔषध नियन्त्रणको बारेमा बिहीबार रत्ननगरमा विद्यार्थीहरुका लागि सचेतना कार्यक्रम गरिएको छ । सामुदायिक सेवा केन्द्र रत्ननगरले आयोजना गरेको सो कार्यक्रमको मध्यक्षेत्र प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अर्यालले उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा उहाँले दुव्र्यसनीमा फस्न नदिन आफ्ना छोराछोरीको क्रियाकलापमा अभिभावकले निगरानी गर्नुपर्ने बताउनुभयो । नेपालमा लागूऔषध व्याप्त रुपमा रहेको भन्दै उहाँले प्रत्येक कारागारमा लागूऔषध कारोवारी तथा प्रयोगकर्ताहरु ५० प्रतिशत रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र नारायणगढकी अध्यक्ष मीना खरेलले जिल्लामा प्रहरीको सक्रियताका कारण लागूऔषध प्रयोगकर्ता र दुव्र्यसनीमा कमी आएको बताउनुभयो । कार्यक्रममा सिक्किमबाट आउनुभएका गुरु रोहित महाराजले लागूऔषध आत्महत्या, नैतिक शिक्षासम्बन्धी प्रवचन दिनुभएको सो कार्यक्रममा विभिन्न कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
केन्द्रकी उपाध्यक्ष मायादेवी खतिवडाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम अध्यक्ष भुपेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Discussion about this post