नवलपुरमा भारतीय ट्रकको ठक्करबाट पैदाल यात्रीको ज्यान गयो

अन‌ि यो पनि

नवलपुर । पूर्वी नवलपरासीमा बुधबार भारतीय ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको ज्यान गएको छ ।

बुधबार नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी ब्यारेज पुल मर्मतको लागि ढुंगा लोड गरी ल्याउँदै गरेको युपी ६० एटी २७७७ नम्बरको ट्रकको ठक्करबाट त्रिवेणीमा विनयी त्रिवेणी ७ निवासी ३५ र्षीय दशरथ गुप्ताको निधन भएको इलाका प्रहरी कार्यालय त्रिवेणीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते गुप्ताको बुधबार दिउँसो साढे १ बजेतिर उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा निधन भएको हो ।

ट्रक र चालक इलाका प्रहरी कार्यालय त्रिवेणीको नियन्त्रणमा रहेको प्रहरी नायव निरीक्षक ढाकाराम लामिछानेले बताए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...