चितवनका अस्पतालमा ४२३ को उपचार, १४ को मृत्यु ५० ‘डिस्चार्ज’

अन‌ि यो पनि

चितवन १२ जेठ । यहाँको अस्पतालबाट बुधबार ५० जना कोरोना संक्रमित घर फर्किएका छन्। भरतपुर अस्पतालबाट २० जना, चितवन मेडिकल कलेज र पुराना मेडिकल कलेजबाट ९/९ जना, जिल्लाका अन्य निजी अस्पतालबाट चारजना र कालिका नगरपालिकाको आइसोलेसन केन्द्रबाट तीनजना संक्रमणमुक्त भएका हुन्।

यो गत २४ घण्टाको तथ्यांक हो। सोही अवधिको तथ्यांक हेर्दा चितवनका अस्पतालहरुमा ४२३ जना कोरोना संक्रमित उपचाररत छन्। तीमध्ये भेन्टिलेटरमा मात्रै ६० जना छन्। आइसियूमा २१५ जना र एचडियूमा ३९ जना रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। १६९ जना भने जनरल वार्डमा उपचाररत रहेका स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले बताइन्।

जिल्लामा उपचाररत रहेका कोरोना संक्रमितमध्ये बुधबार १४ जनाले ज्यान गुमाएका छन्। भरतपुर अस्पतालमा चितवनका एकजना र नवलपरासीका दुईजना गरी तीनजना, चितवन मेडिकल कलेजमा चितवन, रुपन्देही, दाङ, मकवानपुर र कपिलवस्तुका एक/एकजना गरी पाँचजना, पुरानो मेडिकल कलेजमा दाङ, बारा र चितवनका एक/एक गरी तीनजना, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मकवानपुर र महोत्तरीका एक/एकजना गरी दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया