चितवनमा कोरोना : २४ घण्टामा २०६ थपिए, कुल संक्रमित १३ हजार नाघ्यो

अन‌ि यो पनि

चितवन १२ जेठ । बुधबार चितवनमा २०६ जना नयाँ संक्रमित थपिएका छन्। भरतपुर महानगरपालिकाको १४४ जना, खैरहनी नगरपालिकाको तीन, माडी नगरपालिकाको १३ जना, रत्ननगर नगरपालिकाका २० जना, राप्ती नगरपालिकाका ९ जना, कालिका नगरपालिकाका १५ जना र इच्छाकामना गाउँपालिकाका दुईजनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। नयाँ संक्रमितमध्ये १७५ जना पिसिआर परीक्षणबाट र ३१ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

एकैदिन २०६ जना संक्रमित थपिएपछि चितवनमा कोरोना संक्रमितको कुल संख्या पनि १३ हजार १६५ पुगेको छ। तीमध्ये चार हजार ९२६ जना सक्रिय संक्रमित उपचाररत छन्। सक्रिय संक्रमितमध्येमा पनि पब्लिक आइसोलेसनमा १५ जना, अस्पतालको आइसोलेसनमा १५८ जना र बाँकी चार हजार ७५३ जना होम आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्।

संक्रमणमुक्त हुनेको संख्या आठ हजार २९ जना पुगेको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २१० पुगेको छ। चितवनमा बुधबार चार जना कोरोना संक्रमितको मृत्यु भएपछि मृतकको संख्या २१० पुगेको हो।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया