देशमै सातौ स्थानमा खैरहनी नगरपालिका

अन‌ि यो पनि

रत्ननगर, १२ जेठ। । स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन नतिजामा चितवनको खैरहनी नगरपालिका देशमै साताै‌ स्थानमा र  जिल्लाकै पहिलो पालिका बन्न सफल भएको छ । जिल्लाको एक मात्र महानगरपालिका भरतपुर र पुरानो नगरपालिका रत्ननगर सहित अन्य ६ वटा पालिकालाई पछि पार्दै खैरहनी जिल्लामै पहिलो बनेको हाे । स्वमुल्याङ्कनमा ७८ प्रतिशत अंक प्राप्त गरेको सो नगरपालिकाले समग्र स्थितिमा ७३.८१ प्रतिशत, प्रक्रियागत स्थितिमा ७६.४७ प्रतिशत र परिमाणात्मक स्थितिमा ८१.११ प्रतिशत अंक ल्याउन सफल भएको छ ।

विषयगत १० वटा क्षेत्रहरु मध्ये अधिकांशमा सो नगरपालिकाले ६० प्रतिशत बढी अंक प्राप्त गरी जिल्लामै पहिलो हुन सफल भएको हो । खैरहनीले प्रशासकीय प्रबन्धमा ८८.८९ प्रतिशत, संगठन तथा प्रशासनमा ८७.५ प्रतिशत, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ६३.६४ प्रतिशत, वित्तीय तथा आर्थिक व्यवस्थापनमा ६२.७३ प्रतिशत, सेवा प्रवाहमा ७६.५६,प्रतिशत, न्यायिक कार्यसम्पादनमा ८५.७१ प्रतिशत, भौतिक पूर्वाधार विकासमा ८४.६२ प्रतिशत, सामाजिक समावेशीकरणमा ७५ प्रतिशत, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ८०.५६ प्रतिशत र सहकार्य र समन्वयमा ६६.६७ प्रतिशत अंक प्राप्त गरेको छ ।

निर्णय प्रक्रियामा कुनै पनि भिन्न मत नभएको सो नगरपालिकाले राजश्व संकलनमा सफलता हासिल गर्दै आएको छ । उसले प्रत्येक आर्थिक बर्षमा लक्ष्य भन्दा बढी राजश्व संकलन गर्ने गरेको छ । खैरहनीले ११० प्रतिशत सम्म राजश्व संकलन गरेको मन्त्रालयले जनाएको छ । सो नगरपालिका मेयर लालमणि चौधरीले जिल्लामै पहिलो हुन सफल भएकोमा खुसी व्यक्त गर्दै आगामी आर्थिक वर्षमा नगरपालिकालाई उत्कृष्ट बनाउने बताए ।

अर्को वर्ष हामी ८५ देखि ९० प्रतिशत अंक ल्याएर उत्कृष्ट हुनेछौं उनले भने त्यसका लागि सुधार गर्नुपर्ने पक्षलाई हामीले सुरु गरिसकेका छौं । एउटै भवनबाट दुईवटा वडा कार्यालय सञ्चालन, आवधिक खरिद योजना बनाउन नसक्नुलगायतका केही अन्य कामहरु गर्न नसकेका कारण उत्कृष्ट हुन नसकेको भन्दै उनले अहिलेको नतिजाले आत्मसन्तुष्टि भएको बताए ।

 

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया