खैरहनीको कुमरोजमा पशु आहार मिलको शिलान्यास

अन‌ि यो पनि

चितवन १२ जेठ । जिल्लाको खैरहनी १३ कुमरोजमा पशु आहार दाना मिल निर्माण सुरु भएको छ। खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले बुधबार उक्त मिलको शिलान्यास गरेसँगै भवन निर्माणको काम पनि सुरु भएको हो। मेयर चौधरीले खैरहनी कृषिको संभावना बोकेको नगरपालिका भएकाले नगरपालिकाले पनि कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए। ‘खैरहनी धान, गहुँ, केरा, माछा, पशुपालनको संभावना बोकेको नगर हो,’ मेयर चौधरीले भने, ‘त्यसैले नगरपालिकाले साना किसानलाई महत्त्व दिएको छ।’

नगरपालिकाभित्र निर्माण भएका डेरी उद्योग, धान मिल, पशु आहार, बीउ प्रशोधन केन्द्रमा आवश्यक बजेट उपलब्ध गराएको उनले बताए। कृषकहरुलाई नै मध्यनजर गर्दै प्रदेश सरकारसँगको साझेदारीमा शीत भण्डारसमेत निर्माण गरिएको उनले बताए। कुमरोजमा निर्माण सुरु भएको पशु आहार मिलमा नगरपालिकाबाट प्राप्त १५ लाख अनुदान, साना किसान कृषि सहकारी संस्था कुमरोज र साविक कुमरोज गाविसभित्र रहेका दुग्ध उत्पादक सहकारी संस्थाको लगानी हुने छ।

मिलका लागि आवश्यक मेसिन भने बागमती प्रदेश सरकारले उपलब्ध गराइसकेको साना किसान कृषि सहकारी संस्था कुमरोजका उपाध्यक्ष गीतानाथ अर्यालले जानकारी दिए। उनका अनुसार एक घण्टामा १० क्वीन्टल दाना उत्पादन गर्न सक्ने क्षमताको मेसिन रहेको छ। सुरुमा साविक कुमरोज गाविसका किसानले यसबाट प्रत्यक्ष फाइदा लिन पाउनेछन्। त्यसपछि क्रमशः नगरका सबै वडा र रत्ननगरको बछौलीका किसानसमेत लाभान्वित हुने अर्यालले बताए। कुमरोज कृषि सहकारीकै जग्गामा अहिले बीऊ प्रशोधन तथा भण्डार केन्द्रसमेत निर्माण भइरहेको छ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया