टहरो हटाएपछि फोस्रेटार–केउरेनी सडक खुल्यो

अन‌ि यो पनि

धादिङ १२ जेठ । धादिङको फोस्रेटारबाट नुवाकोटको केउरेनी जोड्ने त्रिशूली नदीमाथि बनेको पक्की पुलबाट गाउँसम्म सडक सञ्जाल जोड्न मुख्य अबरोधका रुपमा देखिएको धादिङतर्फको करिब १५ मिटर एप्रोच सडकको ट्रयाक खोलिएको छ।

निर्माण भइसकेको पुलको मुखैमा रहेको घर तथा जग्गाधनी वासु खतिवडाले बुधबार घर हटाइदिएपछि उक्त बाटोले निकास पाएको हो। त्रिशूली नदीमा पक्की पुल बने पनि पुलबाट सडक निस्कने एप्रोच सडकको ट्रयाक नहुँदा सडक सञ्जालसँग बस्ती र पुल जोडिन सकेको थिएन।

पुलको अघिल्लो छेउमा रहेको टहरो जग्गाधनी खतिवडाले हटाएपछि लामो समयदेखिको विवाद समाधान भएको हो। पसल निर्माणका क्रममा ठेकेदार कम्पनी र सडक विभाग भरतपुरले वासु खतिवडाको घर जग्गामा हानी नोक्सानी नगर्ने बताए पनि स्थानीयले खतिवडालाई घरखाली गर्न दबाद दिँदै आएका थिए।

धादिङको गल्छी गाउँपालिका १ फोस्रेटार र नुवाकोटको बेलकोटगढी नगरपालिकाको केउरेनी जोड्ने त्रिशूली नदीमाथिको पुल निर्माण सुरु भएको सात वर्षपछि यसैवर्ष निर्माण सम्पन्न भएको हो। २०७१ सालमा ठेक्का सम्झौता भएर २०७४ सालमा बन्नुपर्ने पुल २०७८ सालमा निर्माण सम्पन्न भएपनि पुलबाट गाउँसम्म मोटर गुड्न पाएको थिएन।

१९२ मिटर लामो पुल कुल १५ करोड ११ लाख रुपैयाँमा सपना हिम्डुङ एण्ड थोकर र नागार्जुन कन्सट्रक्सन जेभी कम्पनीले निर्माण गरेको हो। पुल सञ्चालनमा आएपछि फोस्रेटारबाट सदरमुकाम धादिङबेसी आवतजावतमा पनि सहज हुनेछ।

यसअघि फास्रेटारका स्थानीय सदरमुकाम जानको लागि गल्छी हुंदै फुर्केखोला भएर हिँड्नुपर्ने बाध्यता थियो। त्यतिमात्र नभई पुलबाट बाटो खुलेपछि धादिङबेसीबाट जिल्लाको पुरानो सदरमुकाम सुनौलाबजार हुँदै फोस्रेटार भएर पृथ्वीराजमार्ग गल्छी र नुवाकोटको सदरमुकाम विदुर निस्कन सहज हुनेछ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया