धादिङमा पत्रकारका लागि छुट्टै आइसोलेसन

अन‌ि यो पनि

धादिङ १२ जेठ । नेपाल पत्रकार महासंघ धादिङले जिल्लाका पत्रकारहरुलाई कोरोना संक्रमण देखिएमा छुट्टै आइसोलेसनमा राख्ने भएको छ। वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै कोरोना संक्रमित भएका पत्रकारहरूका लागि महासंघले शान्ति नेपाल नामक संस्थाको सहयोगमा छुट्टै आइसोलेसन स्थापना गरेको हो। जिल्लामा हरेक दिन कोरोना संक्रमितको संख्या बढ्दै जाँदा समाचार संकलन, प्रकाशन तथा प्रशारणमा सक्रिय रहेका पत्रकारहरुमा पनि जोखिम बढ्दै गएकोले पूर्वतयारी गरिएको नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले जानकारी दिए।

पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएकोले जिल्ला अस्पताल र स्थानीय तहमा रहेका स्वास्थ्य केन्द्रहरूमा उपचारका लागि शय्या अभाव हुन थालेपछि पत्रकारहरुका लागि छुट्टै आइसोलेसन केन्द्र स्थापना गरिएको उनले बताए। कोठा भाडा लिएर बसिरहेका वा आफ्नै घरमा परिवारका साथ बसिरहेका पत्रकारलाई छुट्टै बस्नुपर्ने अवस्था आएमा सहज वातावरण मिलाउन पत्रकार महासंघको भवनमा बुधबारदेखि ५ शय्याको आइसोलेसन केन्द्र स्थापना गरिएको हो।

उनका अनुसार महासंघको आइसोलेसनमा रहने संक्रमितको नियमित परामर्शको लागि नीलकण्ठ नगरपालिकाको स्वास्थ्य शाखाबाट एक जना स्वास्थ्यकर्मी खटाइएको छ। मनोपरामर्श भने ‘सहयात्री समाज’ले दिनेछ। कुनै समस्या परेमा नजिकै रहेको ‘अस्थायी कोभिड–१९ अस्पताल’ र धादिङ अस्पतालबाट सेवा दिने गरी व्यवस्था मिलाइएको उनले बताए। अत्यावश्यक पर्दा अक्सिजनको समेत व्यवस्था गरिएको अध्यक्ष शर्माले बताए।

महासंघले स्थापना गरेको आइसोलेसन केन्द्रका लागि पत्रकार महासंघ धादिङका पूर्वअध्यक्ष नवराज छत्कुलीका साथै अन्य व्यक्तिले विभिन्न सामाग्री सहयोग गर्ने प्रतिवद्धतासमेत जनाइसकेका छन्।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...