पूर्वी चितवन पत्रकार संघलाई सपना भिलेजद्वारा स्वास्थ्य सुरक्षाका सामग्री सहयोग

अन‌ि यो पनि

चितवन १२ जेठ । पूर्वी चितवन पत्रकार संघलाई सौराहामा रहेको सपना भिलेज सोसल इम्प्याक्टलेस्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ। सपना भिलेजले माक्स, सेनिटाइजर र फेससिल सहयोग गरेको हो। बुधबार संघका अध्यक्ष होमनाथ सापकोटालाई सपना भिलेजका कार्यक्रम निर्देशक सुजन बस्नेत र अध्यक्ष ध्रुव गिरीले उक्त सामग्री हस्तान्तरण गरेका हुन्।

कोरोना संक्रमण नियन्त्रण र रोकथामका साथै संक्रमितको उपचारमा स्थानीय सरकार र अस्पताललाई सहयोग गरिरहेको संस्थाले अग्रपंक्तिमा रहेर समाचार संकलन गर्ने पत्रकारहरुको लागि स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरिएको इम्प्याक्टका कार्यक्रम निर्देशक बस्नेतले जानकारी दिए।

इम्प्याक्टका अध्यक्ष गिरीले समाजलाई सुसूचित गर्ने पत्रकार जगतले महामारीको समयमा अग्रपंक्तिमा रहेर काम गरिरहेकाले उनीहरुको सुरक्षाका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको जानकारी दिए। उनले कोरोनाको दोस्रो लहर सुरु भएपछि संक्रमित बिरामीको उपचारको लागि भरतपुर अस्पताल, इच्छाकामना गाउँपालिका र रत्ननगर अस्पताललाई अक्सिजनसहितको सिलिण्डर सहयोग गरिसकेको बताए। साथै रत्ननगरमा कोरोना संक्रमितलाई अस्पतालसम्म लैजान बोलेरोलाई एम्बुलेन्सका रुपमा प्रयोगमा ल्याएको उनको भनाइ छ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...