भरतपुर । बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका चितवन अस्पतालका गोपाल गिरीको थप अनुसन्धानका लागि बुधबार १० दिनको म्याद थप भएको छ । यसअघि पनि दस दिनको म्याद थप भई अनुसन्धान भएकोमा प्रहरीलाई सरकारी वकिलको कार्यालयले बुधबार पुनः दस दिनको म्याद थप दिएको हो । उनीमाथि रातको समयमा आफ्नै अस्पतालकी महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेको छ ।
त्यस्तै, घिउकुमारी ठगी प्रकरणमा पक्राउ परेका रूद्र गिरीमाथि पनि बिहीबार १५ दिनको म्याद थप भएको छ । यसअघि उनको अनुसन्धानका लागि दस दिनको म्याद थपिएको थियो । गिरीको श्रीमतीमाथि उजुरी परे पनि हालसम्म पक्राउ नपरेको प्रहरी प्रवक्ता शान्तिराज कोइरालाले बताउनुभयो ।
Discussion about this post