चितवनमा फेरि एक हप्ता थपियो निषेधाज्ञा

अन‌ि यो पनि

भरतपुर । दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले तेस्रो पटकमा एक हप्ता निषेधाज्ञा थप गरेको छ ।

दोस्रो पटक थपिएको निषेधाज्ञा जेठ १३ गते राति १२ बजे सकिँदै थियो । जेठ २० गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

खाद्यान्न तथा दैनिक उपभोग्य सामान खरिदका लागि हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार बिहान ६ बजेदेखि ९ बजेसम्मको समय दिइएको छ ।

त्यसैगरी, आइतबार, मंगलबार र बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बैंकहरु खोल्न पाइने लामिछानेले बताए ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया