राष्ट्रपति र प्रधानमन्त्रीको कदमप्रति चितवनका पाँच राजनीतिक दलको विरोध

अन‌ि यो पनि

चितवन । जेठ ७ गते मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको मिलेमतोमा दोस्रो पटक संसद् विघटन गरेको कदमप्रति चितवनका पाँच राजनीतिक पार्टीले विरोध गरेका छन् ।

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) चितवनका अध्यक्ष यमबहादुर परियार ‘इन्द्रजित’, नेकपा (एमाले) चितवनका अध्यक्ष तेजेन्द्रबहादुर खड्का, जनता समाजवादी पार्टी चितवनका अध्यक्ष प्रेम भुजेल, राष्ट्रिय जनमोर्चा चितवनका अध्यक्ष डम्बर पुरीद्वारा जारी संयुक्त विज्ञप्तिमा नेपाली जनताले सात दशक लामो बलिदानीपूर्ण संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको मूल मर्म र भावनाविपरीत राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ–‘सविधानको प्रभावकारी कार्यान्वयनमार्फत लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढीकरण गर्दै समृद्धिको महाअभियानमा जुट्नुपर्ने राष्ट्रिय दायित्वलाई बिर्सिएर पटकपटक संविधान मिच्ने र लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुनेगरी मध्यरातमा चालिएको असंवैधानिक, अलोकतान्त्रिक र अराजनीतिक स्वेच्छाचारी कदमको हामी घोर भत्र्सना गर्दछौँ ।’

साथै, जननिर्वाचित प्रतिनिधिसभा विघटन गरी लोकतान्त्रिक अभ्यासलाई खिल्ली उडाइ अध्यादेशमार्फत् शासन चलाउने पद्दतिप्रति पाँच दलले गम्भीर आपत्ति प्रकट गरेको छ ।

पाँच दलले राष्ट्रपति र प्रधानमन्त्रीको उक्त कदम सच्याउन माग गरेका छन् । देशलाई संविधानवाद र लोकतान्त्रिक दिशामा अघि बढाउने अभियानमा सरिक हुन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, पत्रकार, पेसाकमीलगायत चितवनवासी सबैसँग विज्ञप्तिमार्फत् अपिल गरेको छ ।

विज्ञप्तिमा चितवनमा दोस्रो भेरियन्टको कोरोना महामारीले समेत आक्रान्त भएकाले कोभिड–१९ को निःशुल्क उपचार गर्ने सरकारी निर्णय कार्यान्पयन गर्न, अस्पथतालमा देखिएको अक्सिजन, खोपलगायतका स्वास्थ्य सामग्रीको यथोचित व्यवस्था गर्न, बन्दाबन्दीको असरले मर्कामा परेका मजदुर, किसान, सुकुमबासीलगायतलाई राहतको व्यवस्था गर्न, कृषि, तरकारी तथा खाद्य उत्पादनको बिक्री वितरणको व्यवस्थाका साथै कालाबजारी नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको छ ।

प्रतिकृया

मुख्य समाचार

दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर निर्माण हुने

माडी । माडी नगरपालिका वडा नं–१, बनकट्टाकी महिला नेतृ सीता तिमिल्सिनाले आफ्ना दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया